सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Sunday, 14 August 2022

शैलुङ गाउँपालिका ५ काटाकुटी को एक चिनारी

शैलुङ गाउँपालिकाको गाउँ वस्तुगत विवरण तथा आवधिक योजना २०७४/०७५ - २०७८/०७९ अनुसार  संक्षिप्त वडा परिचय : वडा नं ५

१)    अवस्थिति र नामकरण : शैलुङ गाउँपालिकाको वडा नं ५ साबिकको काटाकुटी गाबिसको वडा नं ३ देखि ७ सम्मको क्षेत्र हो l काटाकुटी को नामाकरण सग सम्बन्धित किबदन्ति अनुसार खास अहिले काटाकुटी भनेर चिनिने बस्तीमा पहिले तामाङहरुको बसोबास रहेको थियो l उक्त ठाउँ बसोबासका लागि उपयुक्त भएकाले नजिकै रहेको क्षेत्रीहरु समेतले बसोबासका लागि आखा गाढे l उक्त ठाउँमा को बस्ने भन्ने सवालमा झगडा भयो l उक्त झगडा तामाङको र क्षेत्रीहरुको घमासान युद्दको रुपमा परिणत भयो l युद्दमा तामाङहरु पराजित भए र यहाँ बाट लखेटीई हाल साबिकको वडा नं २ भुरुंगा र वडा नं ३ छहरे भन्ने स्थान तर्फ लागे l उक्त युद्दमा क्षेत्रीहरु र तामाङहरु बीच काटाकाट नै भएकोले काटाकाट भएको ठाउँलाई कालान्तरमा काटाकुटी भनिन थालियो l यो वडा गाउँपालिकाको केन्द्रबाट करिब ६ किलोमिटर पूर्वमा पर्दछ l

२)    सिमाना : यस वडाको पूर्वमा चर्नावती खोला भिमेश्वोर नगरपालिका, उत्तरमा शैलुङ गाउँपालिका वडा नं ४ मागा, पश्चिममा शैलुगाउँपालिकाको वडा नं ३ तथा दक्षिणमा शैलुङ गाउँपालिकाको वडा नं ६ फर्कु पर्दछ l

३)    क्षेत्रफल : वडाको जम्मा क्षेत्रफल ८.४३ वर्गकिमी , वडा को सबैभन्दा होचो भाग समुन्द्री सतहदेखि १०२० मिटर र अग्लो भाग २१४३ मिटर रहेको छ l जमिन को औसत भिरालोपन २६.६१ प्रतिशत l यो वडा जनसंख्या र भूगोल दुवै दृष्टिकोणले गाउँपालिकाकै सबैभन्दा सानो वडा हो l

४)    वडा कार्यालय : साबिक को वडा नं ६ स्थित सबलचोक , वीरेन्द्र माबी वडा कार्यालय जादै गर्दा देखि ६०० मिटर दक्षिण मेन सडक देखि ३० मिटर दाया आकर्षक पक्कि आफ्नै भवन रहेको छ l

५)    परिवार र जनसंख्या : आर्थिक बर्ष २०७४/ ०७५ को अन्त्य सम्मको तथ्यांक अनुसार कुल परिवार संख्या मूल घर ४८३, महिला १२३९, पुरुष जनसंख्या ११६७ कुल जनसंख्या २४०६ रहेको छ l

६)    प्रमुख जातजाति : जनासंख्या को आधारमा क्षेत्री, तामाङ, ब्राहमण, दर्जी, बिश्वोकर्मा र भुजेल रहेका छन l  

७)    सरकारी कार्यालय : क) वडा कार्यालय, ख) स्वास्थ्य चौकी ग) बिद्यालय १ (सेक्सन ) २  l

८)    सडक : वडा कार्यालय वाट गाउँपालिका कार्यालय ५ किमी, वडा स्तरीय भित्री सडक करिब २० किमी l मुख्य सडक गाउँपालिका देखि चर्नावती गाईघाट सम्म करिब ११ किमी l   

९)    प्रमुख खोला : तीनधारे खोला, ओखारखोला, घट्टेखोला l

१०)                       मन्दिर तथा गुम्बाहरु : गोल्मा राजा रानी दरबार क्षेत्र, पशुपति मन्दिर, गोल्मेश्वोर मन्दिर , कृष्ण मन्दिर, देबिस्थाम मन्दिर, संसारिथान मन्दिर, मूल धारा मन्दिर, भिमसेनाथान मन्दिर, ईन्द्रावती मन्दिर , गणेशथान मन्दिर, घ्यांङडाडा छ्योर्तेन , छहरे छ्योर्तेन l

११)                       प्रमुख खाद्यान्न तथा नगदेबालिहरु : मकै, कोदो, धान, गहु, आलु, , तरकारी तथा फलफुल हरु l

१२)                       शिक्षण संस्था : वीरेन्द्र माबी l

१३)                       साक्षरता : कुल साक्षरता ८५.२ प्रतिशत , पुरुष साक्षरता ९१.०% , महिला साक्षरता ७९.६% l

१४)                       बिद्युत सेवा : उपलब्ध घरधुरी सबै (राष्ट्रिय प्रसारण लाईन) l

१५)                       शौचालय: शत प्रतिशत l

१६)                       औसत आय : रु २,५२,७५२ प्रति परिवार l

१७)                       बन समुह : सामुदायिक बन ३ वटा , कबुलीयति बन समुह १५ वटा l

क्रमशः

No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु