त्यस्तै कार्यक्रमा कार्यपालिका
सदश्य चम्सुरी कार्कीले " हामीले बच्चा पाउने बेलामा यस्तो स्वास्थ्य सग
सम्बन्धित विभिन्न ज्ञानहरु थाहा नपाएकोले धेरै समस्या भएको तर अब हरेक बच्चाको
भविष्यको निमित्त महिला गर्भाबस्था देखिनै गर्भवती महिलाको स्याहार सुसार
गर्नुपर्ने रहेछ" बताउनुभयो l
वडा सचिब तथा काटाकुटी स्वास्थ्य चौकीका अहेव त्रीपुरेश यादबले
कार्यक्रमलाई सम्बोधन गर्दै कम्तिमा २ बर्ष सम्म आफ्नो सन्तानलाई दुध चुसाउन
अनुरोध गर्दै १००० दिन भित्र व्यक्तिको मष्तिस्कको बृदी बिकास ८० प्रतिशत हुने बताउनु भयो l
त्यस्तै कार्यक्रममा स्वास्थ्य स्वयंसेविका तथा सुत्केरी महिला, गर्भवती महिलाहरुमा रहेका समस्याहरु को बारेमा छलफल गर्दै एक आपसमा नजानेका कुराहरु जान्नका निमित्त उत्सुकता प्रकट गरिएको थियो l कार्यक्रममा कार्यक्रमका अध्यक्ष दिलकुमार तमाङले स्तनपानमैत्री वडा कार्यालय बनाउनको निमित्त स्तनपानमैत्री कोठाको ब्याबस्थापन गर्ने प्रतिबद्दता ब्यक्त गर्दै शैलुङ गाउँपालिकाले भाबी जन्मने सन्तान निरोगी देशको कर्णधार तयार गर्नको निमित्त गर्भवती महिला हरुलाई बार्षिक ६ क्यारेट अण्डा वितरण गरि रहेको र त्यो भन्दा बाहेक क्याल्सियम चक्की जस्ता केन्द्र तथा प्रदेशको सेवा सुबिधा भन्दा बाहेक थप कार्य गरी रहेको र अहिले आफ्नो पेट भित्रको बच्चा के कस्तो अबस्थामा छ ऐनामा जस्तो छर्लङ्ग देखिने प्रविधिको बिकास भएको अबस्थामा पनि कुपोषण युक्त बच्चा जन्माउने छुट जोकोहीलाई नभएको भन्दै यदि गर्भवती महिलाको घरपरीवारमा पोषणको निमित्त कुनै आयआर्जनको श्रोत नभएको यदि बिपन्न नागरिक छ भने वडा कार्यालयले आबश्यक सहयोग गर्न जुनसुकै समयमा पनि हाजिर हुने कुरा बताउदै आफ्नो सन्तानलाई दुध स्वास्थ्यको मापदण्ड अनुसार कम्तिमा दिनमा १० पटक र रातको समयमा ४ पटक चुसाउन अनुरोध गर्नु भयो l



No comments:
Post a Comment