![]() |
| राकेश बस्नेत को आर्थिक सहयोग मा निर्मित कुल मन्दिर |
भनिन्छ नेपाली
प्रचलित उखान टुक्का अनुसार "मन हुनेको धन हुदैन, धन हुनेको मन हुदैन"
भन्ने भनाई लाई झुट साबित गर्दै शैलुङ गाउँपालिका ५ स्थायी घर भई हाल पोर्चुगल
बस्दै आउनु भएका एक व्यक्तिले आफ्नो कुल मन्दिर निर्माण को निमित्त आबश्यक बजेट रु
८५०००० /- सहित देवाली पुजा ब्याबस्थापनमा ३१५०००/- आर्थिक सहयोग गर्नु भएको छ l
खुलाल बस्नेत बंसावली २५ घर धुरी द्वार नियमित त्रैमासिक रुपमा कुल मन्दिर मा बिगत
केहि बर्ष देखि बारीको भित्तोमा सामान्य गोठ बनाएर मन्दिर बेरबार गर्दै पुजा गर्दै
आई रहेको अबस्थामा भूकम्प प्रतिरोधी आकर्षक मन्दिर निर्माण को निमित्त राकेश
बस्नेत द्वार सहयोग गर्नु भएको हो l
शैलुङ ५
निवासी स्वं प्रेम बहादर बस्नेत तथा पदम कुमारी बस्नेत को छोरा हाल पोर्चुगल बस्ने
विष्णु बहादुर बस्नेत (राकेश बस्नेत) ले शैलुङ ५ काटाकुटी दोलखा निवासि खुलाल बस्नेतहरुको
कुलपुजा मन्दिर निर्माण तथा देवाली कुलपुजामा उपस्थित आफन्तजन इष्टमित्रलाई प्रसाद
ग्रहण र भोजन ब्याबस्थापन, पन्चेबाजा तथा
पुजा को निमित्त आबश्यक सम्पूर्ण खर्च ब्याबस्थापन गर्नुभएको छ l
प्राप्त सहयोग
बाट आकर्षक मन्दिर सहित एक प्रतिक्षालय तथा
घेराबार निर्माण भएको छ l साथै खुलाल बस्नेत हरुको देवाली पर्वमा उपस्थित सबै को
निमित्त खाना को ब्याबस्थापन, पुजा को निमित्त आबश्यक पर्ने सामग्री तथा पन्चेबाजा
सहित को खर्च ब्याबस्थापनको निमित्त समेत सहयोग गर्नु भएको छ l साथै सहयोग गर्नु
भएको मा सम्पूर्ण दाजुभाई खुसि हुदै समाजसेवी उपस्थित पदमकुमारी बस्नेत ज्यु लाई
फुला माला लगाई सम्मान गरिएको थियो l





No comments:
Post a Comment