२०८० बैशाख १ गते, वडाबासि आमा बुबा दाजुभाई तथा दिदि बहिनि हरु
![]() |
| शैलुङ गाउँपालिका वडा नं ५ को कार्यालय |
सर्बप्रथम हाम्रो शैलुङ गाउँपालिका वडा नं ५ लाई भौतिक, सास्कृतिक, धार्मिक, बिभिन्न पेशा ब्याबसायको हिसाबले सफल वडा बनाउनको निमित्त लागि पर्ने सम्पूर्ण वडा बासि आमा बुबा दाजु भाई तथा दिदि बहिनि, शिक्षक, बुद्दिजीवी, सामाजिक अभियन्ता, जनप्रतिनिधि, वडाका कर्मचारी ,स्वास्थ्य कर्मी, स्वयंसेविका, राजनैतिक दलका प्रतिनिधि, सामुदायिक बन, विभिन्न संघ सस्था, सहकारी , साथि भाई सबै सबैमा नयाँ बर्ष २०८० सालको पावन अबसरमा सुस्वास्थ्य, दिर्घायु, उत्तरोत्तर प्रगतिको हार्दिक मंग्गलामय शुभकामना ब्यक्त गर्दछु l
स्थानीय तहको दोश्रो निर्वाचन पश्चात यस २०७९ सालभरी
गरिएका महत्वपुर्ण उपलब्धी हरु २०८० सालको सुरुवातको पुर्बसंध्या मा निम्न बमोजिम
रहेको ब्याहोरा जानकारी गराउदछु l हामीले काम गर्दै गर्दा कहिँ कतै तुच्छ शब्द हरु
बोलियो होला , ब्यस्त समयको कारण
हजुर हरुले बोलाउन भएको स्थानमा उपस्थित हुन् सकिएन होला, कतिपय हजुर हरुको गुनासो को
सुनुवाई भएको छैन होला, सडक चाहिएको हुन् सक्छ, खानेपानी चाहिएको हुन् सक्छ, बिद्यालयमा शैक्षिक
गुणस्तर सुधार को कुरा हुन् सक्छ, बिरामीको औषधि उपचारको कुरा हुन् सक्छ, उचित रोजगारीको कुरा
हुन् सक्छ, आर्थिक सम्बृदी र
बिकासको कुरा हुन् सक्छ , मठ मन्दिर निर्माण को कुरा हुन् सक्छ तर ति हाम्रा
असिमित आबश्यकता हरुलाई परिपूर्ति गर्नको निमित्त प्रशस्त मात्रामा आर्थिकको श्रोत
छैन l सिमित श्रोत साधनले
असिमित कामहरु गर्नु पर्ने हुन्छ यो बाध्यकारी परिवेशलाई बुझिदिनु हुन् हार्दिक
अनुरोध गर्दै हामि जनप्रतिनिधि भएर आए पछी २०७९ सालमा भएका मुलभूत कार्यहरु निम्न
बमोजिम रहेको ब्याहोरा जानकारी गराउदछु l
१)किरातीछाप
-काटाकुटी २१ किलो सडक अन्तर्गत सिम्ले देखि थालि सम्म १२०० मिटर सडक सोलिंग तथा आबश्यक ठाउँ मा ग्याबिंङ
ब्याबस्थापन – उपभोक्त
समिति मार्फत
२)किरातिछाप-
काटाकुटी २१ किलो सडक अन्तर्गत चर्नावती हाईड्रो देखि सिम्ले सम्म आबश्यक ठाउँ मा
सडक सोलिंङ तथा ग्याबिंङ वाल ब्याबस्थापन – ठेक्का मार्फत
३)गोल्मेश्वोर
सामुदायिक बन क्षेत्र भित्र रहेको ऐतिहासिक गोल्मा राजा गोल्मा रानी दरबार परिसरमा
आन्तरिक तथा बाहय धार्मिक तथा सास्कृतिक पर्यटक हरुको निमित्त गोल्मा राजा गोल्मा
रानी को मुर्ति दरबार क्षेत्रमा प्रतिस्थापना –उपभोक्ता समिति मार्फत
४)पानीघाट बुढासेरा
थालि सडक अन्तर्गत ५०० मिटर सोलिंङ तथा आबश्यक ठाउँमा ग्याबीङ जाली ब्याबस्थापन – उपभोक्ता समिति
मार्फत
५)ईद्रावती मन्दिर
निर्माण तथा ब्याबस्थापन – उपभोक्ता
समिति मार्फत
६)सेतिदेबी मन्दिर
छाहरेमा निर्माण सम्पन्न – उपभोक्ता
समिति मार्फत
८)छहरे मा ११०० मिटर
सडक सोलिङ तथा स्तरोन्नति – उपभोक्ता
समिति मार्फत
९)वडाकार्यालय देखि
जिरो किलो देबिथान सम्म १२९० मिटर सडक सोलिङ सम्पन्न – उपभोक्ता समिति
मार्फत
१०)जितपुर महाघडेरी
सडक अन्तर्गत ४५० मिटर सडक सोलिंग सम्पन्न – उपभोक्ता समिति मार्फत
११)लप्टनटोल सडक
अन्तर्गत २८० मिटर सोलिंङ सम्पन्न – उपभोक्ता समिति मार्फत
१२)वीरेन्द्र
माध्यमिक विद्यालयको ब्याबस्थापनामा शैलुङ गाउँपालिका चौथो राष्ट्रपति रनिंग शिल्ड सफलतापुर्बक
सम्पन्न l वीरेन्द्र माध्यमिक
बिद्यालय १० स्वर्ण,१ रजत, ३ कास्य सहित रनिंग शिल्ड जित्न सफल
१३)काटाकुटी
स्वास्थ्य चौकी भवन ठेक्का मार्फत निर्माण सम्पन्न – हस्तान्तरण गर्न बाकि
१४)वडा कार्यालय
देखि नव निर्मित काटाकुटी स्वास्थ्य चौकी सम्म सडक सोलिङ सम्पन्न – उपभोक्ता समिति
मार्फत
१५) साबिक काटाकुटी
३ मा निर्माणाधीन सामुदायिक भवन तथा छ्योर्तेन निर्माण सम्पन्न – उपभोक्ता समिति
मार्फत
१६)फापरखोरिया सडक
स्तरोन्नति अन्तर्गत सडक चौडा गर्ने कार्य सम्पन्न – उपभोक्ता समिति मार्फत
१७ प्वारटोल सडक
अन्तर्गत सडक चौडा गर्ने कार्य सम्पन्न – सोलिंङ कार्य जारि – उपभोक्ता समिति मार्फत
१८) किसान सहित वीरेन्द्र
माध्यमिक विद्यालयको करेसाबासिमा किवी खेति प्रबर्दन कार्य सम्पन्न , बेसार तथा
ब्याबसायिक टनेला, एभोकाडो बिरुवा वितरण कार्यक्रम हुदै – सहकारी मार्फत
१९)वडामा प्रत्येक
त्रैमासिक रुपमा जेष्ठ नागरिक हरुको स्वास्थ्य परिक्षण तथा निशुल्क औषधि वितरण
कार्यक्रम लागु गरिएको छ l – वडा कार्यालय तथा काटाकुटी स्वास्थ्य चौकी
को सहकार्यमा
२०)बिद्यालयमा चमेना
गृह, बिद्यार्थी आवास गृह
तथा पिउने पानीको निमित्त एक मुहान एक स्कुल योजना को कार्यक्रम हुदै - उपभोक्ता
समिति तथा बिब्यास मार्फत
२१)घट्टेखोला मा
फड्केपुल निर्माण हुदै – उपभोक्ता
समिति मार्फत
२२)पहिलो पटक पहिला
हरुको रोग सम्बन्धी सिविर संचालन – शैलुङ गाउँपालिका स्वास्थ्य साखा तथा
काटाकुटी स्वास्थ्य चौकी को सहकार्यमा
२३)चर्नावती मा घाट
निर्माण हुदै – उपभोक्ता
समिति मार्फत
२४)वडा कार्यालय
देखि मुलको धारा सडक सोलिङ कार्य हुदै – उपभोक्ता समिति मार्फत
२५)विद्यार्थीको
निमित्त खेल पोशाक निशुल्क वितरण – वडा को योजना मार्फत
२६)बिद्यार्थी हरुको
निमित्त निशुल्क किताब बोक्ने झोला वितरण – नवराज खड्का मार्फत
२७) वडा स्तरीय
हरितालिका तिज कार्यक्रम सम्पन्न –
२८)ल्होसार कार्यक्रम
सम्पन्न –
२९)वडा भित्र खानेपानी ब्याबस्थापन अन्तर्गत
को कार्य गरिदै – वडा मार्फत
आगामी योजना –हामि हाम्रै पालामा हाम्रो वडा बासि दाजु भाई तथा दिदि बहिनि
हरुको आर्थिक सम्बृदीको ढोका खोल्न आबश्यक रणनीति तयार गर्दै अगाढी बढ्ने
प्रतिबद्दता व्यक्त गर्दै पुन सबै वडाबासि आमाबुबा दाजुभाई तथा दिदि बहिनि हरुमा
शैलुङ गाउँपालिका वडा नं ५ कार्यालयको तर्फबाट २०८० सालको हार्दिक मंगलमय शुभकामना
ब्यक्त गर्दछु l



No comments:
Post a Comment