सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Tuesday, 30 May 2023

पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण

व्यक्तिगत लगानीमा निर्मित प्रतिक्षालय 
२०८० जेठ १६ गते

शैलुङ गाउँपालिका वडा नं ५ मा आफ्नो पितृको नाम मा एक व्यक्तिले प्रतिक्षालय निर्माण गर्नु भएको छ l सामाजिक भाबना तथा धर्म कर्ममा अधिक बिश्वाश गर्नुहुने अग्रज स्व भिम बहादुर बस्नेतको नाती, स्व शेर बहादुर को छोरा अम्बर बहादुर बस्नेत तथा सन्तकुमारी बस्नेत   द्वार आफ्नो पितृ भिम बहादुर बस्नेत लगाएत सम्पूर्ण पितृ हरुको सम्झनामा  शैलुङ गाउँपालिका वडा नं ५ को पबित्र स्थल चर्नावती गाईघाटमा मलामी लगाएत अन्य व्यक्ति हरुलाई आराम गर्न र बस्नको  निमित्त प्रतिक्षालय निर्माण गर्नु भएको छ l यस आर्थिक बर्षमा शैलुङ गाउँपालिका वडा नं ५ को बजेट सिलिङ बाट रु ५ लाख बिनियोजना गरि प्राबिधिक स्टामेट बमोजिमको घाट निर्माण कार्य सम्पन्न सगै उक्त घाटको छाना लगाउन रकम अभावको कारण नसकिएको मा समाजसेवी स्थानीय व्यक्ति अम्बर बहादुर बस्नेत बुबाको शोख पुरा गर्न उहाँको छोरा गणेश बहादुर बस्नेत द्वार २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा ३८ फिट लम्बाई, १० फिट चौडाई को आकर्षक र अति आबश्यक ठाउमा प्रतिक्षालय निर्माण गर्नु भएको छ l

जम्मा ४ दिन भित्र निर्माण सम्पन्न उक्त प्रतीक्षालयमा म्मलामी तथा मृतक व्यक्तिहरुको आफन्तहरु बस्दै गर्दा आत्मामा शितलता स्वोरुप प्रदान गरोस भनि निलो रंगको जस्ता तथा फिका खरानी रंगको रंग फलामको ट्रष्ट हरुमा लगाएको बताउनु भयो l बुबा को ठुलो ईच्छा थियो उक्त इच्छा पुरा गरेको मा खुसि ब्यक्त गर्दै अब उक्त प्रतिक्षालय आसपासमा बर,पिपल तथा स्वामीको बिरुवा लगाउन पाए अझ सुनमा सुगन्ध हुने बिचार ब्यक्त गर्नु भयो l

उक्त प्रतीक्षालय निर्माण सम्पन्न भए पश्चात बर्षादको समयमा मलामी जादै गर्दा ओत लाग्न तथा हिउदमा हुने चर्को घाम मा शितलताको निमित्त यस प्रतिक्षालय ले ठुलो राहत दिने अनुमान गरिएको छ l समाजमा रहेका समाजसेवा गर्न ईच्छुक व्यक्ति हरुलाई वडा भित्रको आबश्यक ठाउँको पहिचान सहित धार्मिक तथा सास्कृतिक तवरले बिकास निर्माणमा जोड्ने हो भने वडा भित्र बिबिध किसिमका बिकास हुने निश्चित देखिएको छ l उक्त प्रतीक्षालय निर्माण गर्नु हुने अग्रज व्यक्ति अम्बर बहादुर बस्नेत, सन्तकुमारी बस्नेत तथा निजको छोरा गणेश बहादुर बस्नेत प्रति वडा कार्यालयको तर्फबाट धार्मिक सत्कार ब्यक्त गर्दछ l








 

No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु