सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Monday, 8 July 2024

सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न

२०८१ अषाढ २४ गते सोमबार , शैलुङ गाउँपालिका वडा नं ५ काटाकुटी स्वास्थ्य चौकी मा अहेव पदमा रही शैलुङ गाउँपालिकाको कर्मचारी ब्याबस्थापन अन्तर्गत वडा सचिबमा कार्यरत त्रीपुरेश यादब सरुवा भई कैलाश गाउँपालिका, मकवानपुर जानलाग्नु भएकोमा एक औपचारिक कार्यक्रमका बीच हिजो बिदाई गरिएको छ l वडा अध्यक्ष दिल कुमार तमाङको अध्यक्षतामा सम्पन्न "बिदाई तथा फेरी भेटौला" कार्यक्रममा स्वास्थ्य चौकी अनमी अल्का शर्मा तथा ईन्चार्ज अस्मितानाथ योगी, वडा कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीको उपस्थिति रहेको थियो l

बिदाई कार्यक्रममा सरुवा भई जान लाग्नु भएका सचिब त्रीपुरेश यादब बाट स्वास्थ्य चौकीमा कार्यरत हुदै गर्दा तथा वडा कार्यालयमा वडा सचिवको रुपमा कार्यरत हुदै गर्दा सेवाग्राहीलाई पुर्याउनु भएको सेवा प्रती उच्च सम्मान व्यक्त गर्दै स्वास्थ्य चौकीको तर्फ बाट मायाको चिनो साथै प्रशंसा पत्र द्वारा सम्मान ईन्चार्ज अस्मिता नाथ योगी ज्यूले गर्नु भएको थियो भने वडा कार्यालयको तर्फ बाट मायाको चिनो प्रदान गरिएको थियो l त्यसै गरि वडामा कार्यरत कर्मचारीको तर्फ बाट मायाको चिनो स्वरूप पाल्पाली करुवा दिईएको थियो l

कार्यक्रममा अस्मितानाथ योगी ज्यूले स्वास्थ्य क्षेत्रमा पुर्याउनु भएको अतुलनीय योगदानको बारेमा प्रशंसा गर्दै मन्तब्य राख्नु भएको थियो भने कृषि प्राबिधिक साजन बुढाथोकीले वडा कार्यालयको प्रशासनिक क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै आफ्नो भनाईहरु राख्नु भएको थियो l त्यसै गरी सरुवा भई जान लाग्नु भएका वडा सचिब त्रीपुरेश यादबले आफु स्वास्थ्य कर्मी हुदा हुदै पनि राज्यलाई आबश्यक पर्ने समयमा यदि राज्यले खटाएको ठाउँमा तोकिएको जिम्मेवारी पुरा गर्नु हामि सबै कर्मचारीको दायित्व भएकोले मैले यहाँ आफ्नो कर्तब्य मात्र पुरा गरेको हु l यसरीनै हामि सबैले आफ्नो जिम्मेवारी पुरा गर्नु पर्ने बताउदै मैले मेरो काम, कर्तब्य र अधिकार के हो भनेर त्यसको पछी नलागी आबश्यक ठाउँमा भ्याए सम्म सबै काम गरेको तथा सम्पूर्ण साथिहरु तथा जनप्रतिनिधिहरुको सकारात्मक कार्यशैलीलाई कहिल्यै  नभुल्ने बताउनु भयो l

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष दिल कुमार तमाङले कर्मचारीमा हुनु पर्ने सम्पूर्ण गुण भएको तथा जनप्रतिनिधि र कर्मचारी भनेको एकै रथका दुई पाङ्ग्रा भएकोले जनप्रतिनिधि सफल वा असफल बनाउन कर्मचारीको अहम भूमिका हुने भएकोले हामीले राखेको अपेक्षा अनुसारको नतिजा निकाल्नको निमित्त कर्मचारीको तर्फबाट अहोरात्र खटेर मेहनत गर्नु भएको बताउदै सरुवा भई जान लाग्नु भएकोमा उज्जवल भविष्यको शुभकामना दिनु भएको थियो l   साथै कार्यक्रम संचालक पशु पन्छी प्राबिधिक महेश्वर केसीले कार्यक्रम अबधिभर कर्मचारीमा हुनु पर्ने गुणको बारेमा सरुवा भई जानलाग्नु भएका वडा सचिब त्रीपुरेश यादबको गतिविधिलाई नियाल्न सबैलाई अनुरोध गर्दै सबैलाई समान ब्याबहार गर्ने तथा कुनै दिन पनि कोहि कसै सग बैमनाश्य नहुनुको कारण भनेकै उहाको एक असल कर्मचारीको पहिचान हो l कार्यक्रममा उपस्थित सामाजिक परिचालिका निर्मला ढुंगेल लगाएत सबै द्वारा खादा र अबिर लगाई स-सम्मान ब्यक्त गरिएको थियो l





No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु