२०७९ मंसिर १९
गते
शैलुङ गाउँपालिका वडा न ५ स्थित काटाकुटी स्वास्थ्य चौकी द्वारा एक औपचारिक कार्यक्रम आयोजना गरी १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस "महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाको प्रतिबद्धता , स्वास्थ्य प्रबर्द्धनमा हाम्रो ऐक्यबद्धता " भन्ने नारा का साथ कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रम को
अध्यक्षता स्वास्थ्य चौकी ब्याबस्थापन समितिका अध्यक्ष तथा वडा न ५ का वडा अध्यक्ष
दिल कुमार तमाङले गर्नु भएको थियो भने विशेष अतिथिमा वीरेन्द्र माबिका प्र.अ.
खेमराज भट्टराईले गर्नु भएको थियो । भने स्वागत मन्तब्य वडा सचिब तथा स्वास्थ्य
चौकी अहेब त्रीपुरेश यादबले गर्नु भएको थियो । कार्यक्रम मा वडा भित्रका सम्पुर्ण
महिला स्वास्थ्य आमा समुहका अध्यक्ष तथा प्रतिनिधि , स्वास्थ्य स्वयंसेवीका हरुको उपस्थिति थियो ।
उक्त कार्यक्रमलाई स्वास्थ्य स्वयंसेवीका को प्रतिनिधित्व गर्दै सानू कार्की तथा दुर्गा खड्काले बोल्नु भयो भने आमा समुहको प्रतिनिधित्व गर्दै वडा सदस्य चम्सुरी कार्कि ले सम्बोधन गर्नु भयो । त्यसै गरी बिद्यालयका नर्स साधना थापा सहित प्र.अ. भट्टराई लगाएत द्वार कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । अनमी अस्मिता नाथ योगि द्वारा सन्चालित उक्त कार्यक्रममा हे.अ . अनिता न्यौपाने बाट स्वास्थ्य स्वयंसेवीकाको सुरुवात, यसको नेपालमा बिस्तार तथा प्रभाब सगै भएका उपलब्धी, चुनौती हरुको बारेमा स्पष्ट पार्दै सबैलाई आफ्नो टोल क्षेत्रमा विशेष योगदान गर्दै स्वास्थ्य क्षेत्र लाई चुस्त पार्नको निमित्त निर्देशन दिनु भयो ।
बार्षिक रुपमा
दिवस कार्यक्रम मनाउनु पर्ने भएता पनि दोलखा को शैलुङ गाउँपालिका भित्र पहिलो पटक
काटाकुटी स्वास्थ्य चौकी ब्याबस्थापन समिती द्वार मनाईएको उक्त कार्यक्रममा कोरोना
को कहरका बिच तथा नियमित स्वास्थ्य क्षेत्र मा अतुलनीय योगदान गर्नु भएको एबम
स्वास्थ्य संस्था र टोल बस्तिलाई पुल को रुपमा जोड्दै सेवा प्रबाहमा सकारात्मक पहल
गर्नु भएको कारण सबै स्वास्थ्य स्वयंसेवीका हरुलाई प्रसम्सा पत्र द्वार सम्मान
गरिएको थियो ।






No comments:
Post a Comment