सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Sunday, 16 October 2022

सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न

२०७९ अशोज ३० गते

शैलुङ गाउँपालिका वडा नं ५ मा सामाजिक सुरक्षा भत्ता तथा स्वास्थ्य परिक्षण कार्यक्रम आज सम्पन्न भएको छ l  शैलुङ गाउँ पालिका भित्र रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त लाभग्राही हरुको मेगा बैक बागखोर साखा द्वार निकालिएको पुर्व सुचना अनुसार उपस्थित लाभग्राही हरुलाई भत्ता वितरण गरिएको छ भने उक्त अबसरमा वडा कार्यालय मार्फत काटाकुटी स्वास्थ्य चौकी मा कार्यरत स्वास्थ्यकर्मी हरुको सहयोगमा उपस्थित जेष्ठ नागरिक हरुको स्वास्थ्य परिक्षण सगै आबश्यक सल्लाह सुझाब तथा औषधि हरु वितरण गरिएको छ l  

यस अघि पनि सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम मा उपस्थित नागरिक हरुको स्वास्थ्य परिक्षण गरिएको थियो l उक्त कार्यक्रम प्रति सबै नागरिक हरु भत्ता लिन आउदा आफ्नो स्वास्थ्यको बारेमा जानकारी पाउदा खुसि लागेको कुरा बताउनु भयो l कुनै पनि नागरिक हरु बिरामी नभई स्वास्थ्य संस्था नजाने हुदा कम्तिमा बर्षमा त्रैमासिक हिसाबले ४ पटक सामाजिक सुरक्षा भत्ता लिन वडा कार्यालय आउने समयमा उनीहरुको स्वास्थ्य परिक्षण गर्दा उनीहरुको स्वास्थ्य स्थिति पनि जानकारी प्राप्त गर्न सकिने र आकस्मिक रोग बाट हुन् सक्ने दुर्घटना बाट पनि जोगाउन मद्धत पुग्ने भएको ले स्वास्थ्य परिक्षण को कार्यक्रम राखिएको वडा अध्यक्ष दिल कुमार तमाङले बताउनु भयो l साथै उपस्थित सबैलाई खाजाको ब्याबस्थापन पनि गरिएको थियो l  

साथै कार्यक्रम मा उपस्थित सुरक्षाकर्मी द्वार समुदाय-प्रहरी साझेदारी को बारेमा आफ्नो गाउँ, टोल समुदायमा कुनै किसिमका अपराध भएमा तुरुन्त वडा कार्यालयमा जानकारी गराउनुहुन वा प्रहरी चौकी मा खबर गरि सचेत नागरिक को पहिचान दिनु हुन् सबैलाई अनुरोध गर्नु भएको थियो l










No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु