सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Friday, 26 May 2023

समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै


कार्यक्रम पश्चात सामुहिक तस्विर खिचाउदै 
११ जेठ २०८०, शैलुङ गाउँपालिका वडा नं ५ मा नेशनल ओपन कलेज ललितपुरमा छैटौ सेमेष्टरमा अध्यनरत बिद्यार्थी हरु मध्ये ग्रुप जी मा समाबेश भएका बिद्यार्थी हरु द्वार मिति २०८० साल जेष्ठ १० गते देखि अषाढ १० गते सम्म समुदाय स्तरमा रहेका जनस्वास्थ्य सग सम्बन्धित पक्ष हरुको अध्ययन तथा अनुसन्धान गरि विवरण संकलन कार्य गर्न लागिएको छ l

आज वडा कार्यालयमा भएको एक औपचारिक कार्यक्रमका बीच नेशनल ओपन कलेज बाट ९ जना बिद्यार्थी हरुको टोली  शैलुङ गाउँपालिका वडा नं ५ मा आउनुको कारण, यहाँ गरिने क्रियाकलाप तथा सहजीकरण को निमित्त आबश्यक पर्ने साथ र सहयोग आदिको बारेमा प्रष्ट पार्दै उदेश्य प्रकाशन कार्यक्रम सम्पन्न भएको छ l

आउनुको मुख्य उदेश्यहरु समुदायमा अबस्थित स्वास्थ्य साश्याहरुलाई समग्र रुपमा मृत्यु र रोगको सन्दर्भमा पहिचान गर्नु, जनसंख्याको विश्लेषण गर्नु, शैक्षिक स्थिति पत्ता लगाउनु , सम्बन्ध. जन्म, बिबाह, बसाईसराई, सम्बन्ध बिच्छेद र मृत्युको स्तर निर्धारण गर्नु, आर्थिक, ब्याबसायिक,तथा पेशागत स्थितिको विश्लेषण गर्नु,  व्यक्तिगत र बातावरणीय स्वास्थ्य अबस्थाको विश्लेषण गर्नु , सर्ने र नसर्ने रोग हरुको पहिचान गर्नु, क्षरोगको संक्रमण र त्यसको रोगथामको बारेमा जानकारी गर्नु, बालबालिका हरुको स्वास्थ्य चित्रण गर्न र आबश्यक खोपहरुको लेनदेन गर्न, मातृ स्वास्थ्य तथा परिवार नियोजन बारे जानकारी पाउनु जस्ता उदेश्य राखेर आएको र यसको निमित्त साथ र सहयोग गर्न सुरक्षा राउत लगाएत अन्य उपस्थित बिधार्थी हरु ले बताउनु भयो भने कार्यक्रममा स्थानीय स्तर बाट सम्बन्धित सरोकारपक्ष  काटाकुटी स्वास्थ्य चौकीका कर्मचारी, स्वास्थ्य स्वयंसेविका, बिद्यालय प्रअ तथा बिद्यालय नर्स, पूर्व तथा बर्तमान जनप्रतिनिधि , राजनैतिक दलका प्रतिनिधि सहित को उपस्थिति थियो l

उक्त कार्यक्रम मा सामाजिक नक्सांकन सहित प्रस्तुत गरिएको थियो भने बिद्यार्थी हरुको लक्ष अनुरुप को विवरण संकलन मा ओपन नेशनल ओपन कलेज बाट आउनु भएका बिद्यार्थी हरु सारदा खनाल, बिनिशा ख्याजु, सुरक्षा राउत, उपाशना पाठक, स्वस्तिका सुबेदी, आरति यादब, मनिका घिमिरे, निलिमा बिश्वकर्मा लाई स्वागत गर्दै  सरोकारवाला पक्ष सबै बाट सहजीकरण गरिदिनु वडा अध्यक्ष दिल कुमार तमाङले अनुरोध गर्नु भयो l 



No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु