सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Sunday, 7 July 2024

बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान

२०८० अषाढ २३ गते आईतबार, शैलुङ गाउँपालिका वडा नं ५ मा सासुले दुई वटै मृगौला फेल भई जीवन मरणको दोसाधमा पुग्नु भएकी आफ्नो बुहारीलाई मृगौला प्रत्यारोपणको निमित्त मृगौला दान गर्नु भएको छ l पदम कुमारी कार्कीको दुई छोरा मध्ये जेठो छोरा बासु कार्कीको श्रीमती कमला बस्नेत लामो समय देखि मृगौला रोग बाट पिडित हुनुहुन्थ्यो  आर्थिक अबस्था कमजोर हुनु भएको कारण अस्पतालमा थप उपचारको निमित्त आर्थिक सहयोग जुटाउन शैलुङ गाउँपालिका वडा नं ५ घर भई काठमाडौं बसोबास गर्नुहुने भुमेस्थान युवा समुहको अध्यक्ष पविन कार्कीको पहलकदमीमा केहि आर्थिक सहयोगको निमित्त सामाजिक संजालमार्फत अपिल गर्दा बिरामीको बैक खातामा जम्मा भएको रकम ९८२२४/- बाहेक  समुहको नाममा सहयोगको निमित्त जम्मा संकलित रकम रु ४१४३७९/- पिडितलाई मिति २०८० साल पौष १९ गते एक औपचारिक कार्यक्रमका बिच बिरामी तथा उहाँको आफन्त सहितको उपस्थितिमा थप उपचार सहित सिघ्र स्वास्थ्यलाभको कामना गर्दै रकम हस्तान्तरण गरिएको थियो ।

नियमित डायलासिस गर्दा पनि बिरामीको स्वास्थ्य सुधार नभए पछी मृगौला प्रत्यारोपण गर्नु परेको थियो । नेपाली समाजमा सिमित व्यक्तिको भन्दा बाहेक सासु बुहारीको मिलाप भएको यो पछिल्लो समयमा बिरलै पाईन्छ तर शैलुङ गाउँपालिका वडा नं ५ मा ५९ बर्षीय सासु पदम कुमारी कार्की आफ्नो छोरी समान सोचेर आफ्नो जीवनको प्रबाह नै नगरी ३५ बर्षीय बुहारी कमला बस्नेत  बचाउनको निमित्त मृगौला दान गर्न तयार भए सगै सहित धर्मभक्त राष्ट्रीय प्रत्यारोपण केन्द्र भक्तपुर दुधपोखरी मा मिति २०८१ अषाढ १७ गते सोमबार प्रत्यारोपण गरिएको भने मृगौला दिनु हुने सासु पदम कुमारी कार्की अस्पताल बाट हिजो डिस्चार्ज भई सक्नु भएको छ भने बुहारी कमला बस्नेतको अस्पतालको ICU कक्षमा उपचार भई रहेको छ । आफन्तहरुले दिएको जानकारी अनुसार दुवै जनाको स्वास्थ्यमा कुनै प्रतिकुल असर नदेखिएको र बुहारी कमला बस्नेत पनि एक/दुई दिन भित्रमा डिस्चार्ज हुने कुरा डाक्टर द्वारा जानकारी गराईएको बताउनु भएको छ । कमला बस्नेतको दुई छोरा छन् जसमा जेठो छोरा ११ बर्षको हुनुहुन्छ भने कान्छो छोरा ९ बर्षको हुनुहुन्छ  उहाँको श्रीमान काठमाण्डौ मा सामान्य मजदुरी काम गर्नु हुन्छ ।

 

 

 


No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु