प्रस्तुत विषयमा शैलुङ गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय
द्वार मिति २०८०/०४/०८ गते प्रकाशित पत्र संख्या २०८०/०८१ को सार्बजनिक सुचना तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका
लाभग्राहीहरुले आर्थिक बर्ष २०८०/०८१ मा भत्ता प्राप्त गर्नको लागि सामाजिक
सुरक्षा नियमावली २०७६ को मिति २०७९/०६/१० मा भएको दोश्रो संशोधन अनुसार नियम
(९)को नियम ८ बमोजिम प्रत्येक आर्थिक बर्षको भदौ मसान्त सम्ममा सामाजिक सुरक्षा
भत्ता कार्ड लाभग्राही आफै उपस्थित भई
नवीकरण गर्नुपर्ने बाध्यकारी जरुरी सुचना बमोजिम शैलुङ गाउँपालिका वडा नं ५ स्थायी
ठेगाना भई बिभिन्न स्थानमा बसोबास गर्नुहुने सामाजिक सुरक्षा भत्ता प्राप्त
गरिरहनु भएका लाभग्राहीहरुलाई तपशिल बमोजिमको कागजात सहित वडा कार्यालयमा उपस्थित
भएर आफ्नो सामाजिक सुरक्षा भत्ता परिचय पत्र कार्ड यहि मिति २०८० साल भदौ ३१ गते
(मसान्त) सम्म परिचय पत्र नवीकरण गरिसक्नु हुन हार्दिक अनुरोध गर्दछु साथै माथि तोकिएको समय अबधि भित्र नवीकरण नभएमा पुन
नयाँ प्रक्रिया द्वार नयाँ कार्ड बनाउनु पर्ने र सो प्रक्रियामा आर्थिक बर्ष
२०८०/८१ को सुरु देखि स्वचालित बिधि द्वारा तोकिएको भत्ता प्राप्त गर्ने मिति
सम्मको बिचको अबधिको सामाजिक सुरक्षा भत्ता उपलब्ध नहुने ब्याहोरा सम्बन्धित सबैमा
जानकारीको निमित्त यो सुचना प्रकाशित गरिएको छ l
तपशिल
१)बालबालिका बाहेक अन्यको हकमा नागरिकता प्रमाण-पत्रको प्रतिलिपि,
२)बालबालिकाको हकमा जन्म दर्ताको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाण-पत्रको
प्रतिलिपि,
३)अपाङ्गता भएका व्यक्तिको हकमा गाउँपालिकाले जारी गरेको अपाङ्ग परिचय
पत्र,
४)विधवा महिलाको हकमा पतिको मृत्यु दर्ताको प्रमाण-पत्रको प्रतिलिपि,
सम्बन्ध बिच्छेद गरी बसेकी महिलाको हकमा न्यायिक पृथकीकरण भएको प्रमाण पत्रको
प्रतिलिपि तथा बिबाह नगरेका बसेका महिलाको हकमा अबिबाहित प्रमाणित सिफारिस पत्र,
५)आफु सग रहेको सामाजिक सुरक्षा भत्ता परिचयपत्रको सक्कल प्रति,
६)लाभग्राही हरुले हालसालै खिचेको पासपोर्ट साईजको एक प्रति रंगिन पासपोर्ट
साईजको फोटो,



No comments:
Post a Comment