सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Saturday, 5 August 2023

स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न

मिति २०८० साल श्रावण २१ गते ,

शैलुङ गाउँपालिका वडा नं ५ मा रहेका स्वास्थ्य महिला स्वयंसेविका हरुलाई साउन १९ गते एक औपचारिक कार्यक्रमका बिच छाता तथा झोला वितरण गरिएको छ l शैलुङ ५ का वडा अध्यक्ष दिलकुमार तमाङ को अध्यक्षता,  प्रमुख अतिथि शैलुङ गाउँपालिकाको उपाध्यक्ष पार्वती कार्की तथा शैलुङ आधारभूत अस्पतालका डा. दिपेन्द्र घिमिरेको बिशेष अतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन शैलुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिष्णु बहादुर कार्की ज्युले गर्नु भएको थियो l उक्त कार्यक्रममा मेगा बैक बाघखोर शाखाद्ववार सामाजिक सुरक्षा भत्ता उपस्थित लाभाग्राहिलाई वितरण गरिएको कार्यक्रममा उपस्थित सम्पूर्ण उमेर समुहका वडाबासि हरुको निशुल्क स्वास्थ्य परिक्षण, परामर्श तथा औषधि वितरण गरिएको छ भने अति अशक्त व्यक्ति दिक्षान्त खड्काको घरमानै उपस्थित भई स्वास्थ्य परिक्षण, औषधी तथा सहायता सामग्री वितरण गरिएको छ l

कार्यक्रम मा डा. घिमिरेले स्वास्थ्य सबै भन्दा ठुलो धन भएको र कुनै उमेरको कारणलै व्यक्ति रोग बाट ग्रसित हुनु नपर्ने जानकारी गराउदै समयमानै रोगको पहिचान गर्न नसक्नु तथा आफ्नो स्वास्थ्य जस्तो संबेदनशिल बिषयमा चासो नदिएको कारण गम्भीर रोगहरु लाग्ने गरेको बताउनु भयो साथै अहिले बढ्दै गएको नसर्ने रोगको बारेमा छोटो जानकारी गराउदै प्रेसर, सुगर जस्ता दिर्घरोगिहरुले नियमित डा.ले सिफारिस गरेको  औषधि सेवन गर्नु पर्ने बताउदै खानपानमा बिशेष ध्यान दिन अनुरोध गर्नु भयो l त्यस्तै प्रमुख अतिथि पार्वती कार्कीले शैलुङ  गाउँपालिकाद्वार स्वास्थ्य क्षेत्रमा गरिरहेको सुधारको योजनाको बारेमा जानकारी गराउदै सुत्केरी महिलालाई जटिलताको आधारमा तथा ८० बर्ष भन्दा माथिका जेष्ठ नागरिक र पूर्ण  अपांगता भएका व्यक्तिको पालिका भित्र रहेका स्वास्थ्य संस्था मार्फत उपचार हुन् नसकी प्रेषण गरिएको अबस्थामा निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको जानकारी गराउनु भयो l

त्यस्तै कार्यक्रम संचालक स्वास्थ्य साखा प्रमुख बिष्णु बहादुर कार्कीले गाउँ टोल समाजमा स्वास्थ्य स्वयंसेविकाहरुले खेल्नु भएको महत्वलाई दर्शाउदै उहाँहरुको सम्मान स्वरूप छाता र झोला वितरण गरिएको बताउनु भयो l  हाल शैलुङ गाउँपालिकाले स्वास्थ्य सग जोडिएर बिबिध गतिबिधि गर्दै निरन्तर सेवाग्राही सम्म पुगिरहेको बताउनु भयो l





No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु