सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Thursday, 15 September 2022

दोलखामा वडा अध्यक्ष हरुका लागि स्थानीय सरकार संचालन सम्बन्धि दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

२०७९ भदौ ३० गते

बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय प्रदेश सुशासन केन्द्र को सहयोगमा आर्थिक सहयोगमा दोलखा जिल्ला मा जिल्ला समन्वय समितिको आयोजनामा दोलखा जिल्ला का ९ स्थानीय तहका सम्पूर्ण ७४  जना वडा अध्यक्ष हरुलाई एकसाथ स्थानीय सरकार संचालन सम्बन्धि दुई दिने अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको  छ l कार्यतालिका अनुसार संचालित कार्यक्रम मा उदघाटन समारोहको अध्यक्षता समन्वय समितिका सभापति बर्जुराम घतानीले गर्नु भएको थियो भने कार्यक्रम मा प्रमुख अतिथिको रुपमा भिमेश्वोर नगरपालिका को प्रमुख ईश्वोर मानन्धर ज्यु को उपस्थिति थियो त्यसै गरि कार्यक्रम मा अतिथिको रुपमा जिल्ला प्रमुख अधिकारी भोजराज खतिवडा, समन्वय समितिका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगाएत ब्यक्तित्व हरुको उपस्थिति थियो l

कार्यतालिका अनुसार संचालित कार्यक्रम को संचालन बिक्रम कार्की ले गर्नु भएको थियो l कार्यक्रम मा स्थानीय तहको काम, कर्तब्य र अधिकार तथा वडा समिति र वडाअध्यक्षको काम कर्तब्य र अधिकार को बारेमा जिल्ला  समन्वय समितिका होम प्रसाद घिमिरे ले सहजकर्ता को भूमिका निभाउनु भएको थियो l त्यसैगरी वडा बाट गरिने सिफारिस तथा वडा सचिब को काम कर्तब्य र अधिकार को बारेमा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा तथा जिल्ला प्रशासन कार्यालयका प्रमुख औलख बहादुर आले ज्यु ले सहजीकरण गर्नु भएको थियो l साथै सामाजिक सुरक्षा भत्ता र व्यक्तिगत घटना दर्ता ब्याबस्थापन सम्बन्धमा पंजीकरण बिभाग गृहमन्त्रालय बाट आउनु भएका मेघराज शंकर ले जानकारी दिनुभयो l कार्यक्रम मा सर्जमिन मुचुल्काको अबधारणा र सर्जमिन मुचुल्का तयार गर्दा ध्यान दिनु पर्ने बिषयहरु को बारेमा जिल्ला अदालतका वकिल शिब प्रसाद पोखरेल ज्यु ले सिकाउनु भएको थियो l कार्यक्रम मा बिकास निर्माण को क्रम मा भई रहेका समस्या र हामीले अपनाउनु पर्ने बिषयमा बिषय बिज्ञ हरु बाट दिईएको कार्यक्रम मा बहुमत वडा अध्यक्ष हरुको उपस्थिति उक्त कार्यक्रम मा शैलुङ गाउँपालिका भित्र का सबै वडा को वडा अध्यक्ष हरुको उपस्थिति  थियो l





No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु