शैलुङ गाउँपालिका गाउँ कार्य पालिकाको कार्यालय
द्वार शैलुङ गाउँपालिका वडा नं ५ मा आर्थिक बर्ष २०७९/८० भित्र गाउँपालिका द्वार
कार्यन्वयन हुने कार्यक्रम हरुको निमित्त गठित विभिन्न उपभोक्ता समितिका पदाधिकारी
हरुको निमित्त १ दिने अभिमिखिकरण कार्यक्रम हिजो सम्पन्न गरिएको छ l
कार्यक्रम
को अध्यक्षता शैलुङ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष दिल कुमार तमाङले गर्नु
भएको थियो भने कार्यक्रम को संचालन तथा सहजीकरण शैलुङ गाउँ पालिका का योजना साखा
प्रमुख बलराम पौड्याल ले गर्नु भएको थियो l कार्यक्रम मा बिभिन्न उपभोक्त समितिका
पदाधिकारी तथा निर्वाचित जनप्रतिनिधि, वडा सचिब सहित गाउँपालिका को ईन्जिनियर कमल
थापा मगर तथा लेखा साखा प्रमुख दामोदर पन्थी सहित प्राबिधिक अर्जुन श्रेष्ठ को
उपस्थिति थियो l कार्यक्रम मा योजना को
आबश्यकता, उपभोक्त समितिको अर्थ र यसले योजना कार्यान्वनको प्रक्रिया मा अबलम्बन
गर्नु पर्ने प्रक्रिया को बारेमा मिहिन तरिकाले जानकारी गराउदै उपभोक्त समितिको
गठन प्रक्रिया, कागजी प्रक्रिया , प्राबिधिक स्टामेट, सम्झौता , बैठक प्रक्रिया,
काम को सम्पूर्ण भौतिक तथा आर्थिक श्रेस्था कायम राखी तयार गर्नु पर्ने प्रतिबेदन,
प्राबिधिक र अनुगमन समिति तथा वडा कार्यालयको समन्वय मा गुणस्तरीय काम हुनु पर्ने
, काम सम्पन्न पश्चात प्राबिधिक मुल्यांकन, बिल भर्पाई को ब्याबस्थापन , सार्बजनिक
सुनुवाईको बारेमा बिधि र प्रक्रियाको बारेमा योजना साखा प्रमुख बलराम पौड्याल ले
बताउनु भयो l त्यसै गरि स्थलगत रुपमा काम गर्दै गर्दा हुने समस्या , जटिलता तथा
काम गरिरहदा प्राबिधिक लाई जानकारी गराएर मात्र कार्य सुचारु गर्नको निमित्त हार्दिक
आग्रह गर्दै कुनै पनि स्टामेट मा उल्लेख गरिएको स्थान भन्दा अन्यन्त्र काम
नगर्नुहुन सबैलाई प्राबिधिक अर्जुन श्रेष्ठ ले अनुरोध गर्नु भयो l
त्यसै गरि कार्यक्रम मा कुन कुन शिर्षक को बिल भर्पाई हुदा के कसरी कर कट्टी हुन्छ भन्ने बिषयमा लेखा प्रमुख दामोदर पन्थीले बताउनु भयो भने योजना कार्यान्वन गर्दै गर्दा गुणस्तर तथा प्राबिधिक स्टामेट मा उल्लेख गरिएको भन्दा फरक तरिकाले कार्य नगर्न आग्रह गर्दै योजना सम्पन्न पश्चात यसको दिर्घकालिन संरक्षण , सदुपयोग र सम्बर्दन को निमित्त आवश्यक योजना बनाउनु हुन् ईन्जिनियर कमल थापा मगरले अनुरोध गर्नु भएको थियो l









No comments:
Post a Comment