प्रस्तुत
बिषयमा शैलुङ गाउँपालिका वडा नं ५ मा जंगली जनावरहरुको आतंक दिन प्रतिदिन बढ्दै
गईरहेकोले यसको रोकथामको निमित्त बिगत केहि बर्ष अगाडी बाँदर धपाउने यन्त्र वितरण गर्दा समेत बाँदरको प्रकोपलाई
पूर्ण रुपले न्यूनीकरण गर्न नसकिएको र बर्षेनी मकै बालीमा हुने क्षती बाट कृषकहरु
आक्रान्त पिडित भएको अवस्थालाई मध्यनजर गरी वडा कार्यालय मार्फत प्रत्येक आर्थिक वर्ष समेटिने गरी कृषि
प्राविधिकको स्थलगत अवलोकन पश्चात सम्भावित हुनसक्ने उत्पादन र बाँदरले पुर्याएको
क्षतीको मुल्यांङ्कन अनुसार आंशिक क्षतीपूर्ति वापत
प्रति रोपनी रु १००० देखि २५०० सम्म भुक्तानी हुने जानकारी गराउदै तपशिलमा
उल्लेखित कागजपत्र सहित वडा कार्यालयमा निवेदन दर्ता गर्नु हुन सम्बन्धीत सबै
कृषकहरुमा हार्दिक अनुरोध गर्दछु l
तपशिल:
१ कृषकको निवेदन
२ चालु आर्थिक बर्षको घर जग्गाको
तिरो तिरेको रसिद को फोटोकपी
३ कृषकको नेपाली नागरिकता
प्रमाणपत्रको फोटोकपी
नोट: निवेदनको ढाचा वडा
कार्यालयमा निशुल्क उपलब्ध गरिएको छ l



No comments:
Post a Comment