सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Tuesday, 3 October 2023

काटाकुटी स्वास्थ्य चौकी एक औपचारिक कार्यक्रमका बिच हस्तान्तरण तथा उद्घाटन सम्पन्न ।

२०८० असोज १५, शैलुङ गाउँपालिका वडा नं ५ मा निर्माण सम्मन्न काटाकुटी स्वास्थ्य चौकी भवन एक औपचारिक कार्यक्रमका बिच हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्मन्न भएको छ । स्वास्थ्य चौकी ब्याबस्थापन समितिका अध्यक्ष तथा शैलुङ ५ का वडा अध्यक्ष दिलकुमार तमाङ को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभा सदश्य माननीय भरत बहादुर केसी, बिशिस्ट अतिथी शैलुङ गाउँपालिका अध्यक्ष रिमल बाबू श्रेष्ठ, उपाध्यक्ष पार्बती थापा कार्की, सघन शहरी तथा भवन निर्माण आयोजना प्रमुख दोलखाका अनुज पण्डित साथै पुर्व शैलुङ गाउँपालिका अध्यक्ष भरत प्र. दुलाल, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्र. अधिकारी, श्री वीरेन्द्र माध्यमिक बिध्यालयका प्र.अ. खेमराज भट्टराई , शैलुङ गापा ईन्जिनियर कमल थापा मगर, आईटी प्रमुख ठमिर प्र. घिमिरे, स्वास्थ्य साखा प्रतिनिधि अनिता न्यौपाने लगाएत स्थानीय जनप्रतिनिधी तथा राजनैतिक दलका प्रतिनिधि हरुको आतिथ्यतामा सन्चालित कार्यक्रमको सन्चालन काटाकुटी स्वास्थ्य चौकी प्रमुख अस्मिता नाथ योगिले गर्नु भएको थियो ।

कार्यक्रममा वडा भित्रका स्वास्थ्य स्वयंसेविका तथा स्थानिय आमाबुबा तथा दाजुबहिनी हरुको बाक्लो उपस्थिती थियो । राष्ट्रिय गित सहित सुरुवात भएको कार्यक्रम को समुद्धाटन पानसमा दीप प्रज्वलन गरेर प्रमुख अतिथी केसिले गर्नु भयो थियो भने भवन हस्तान्तरण अन्तर्गत निर्माण ब्याबसायी तामाकोसी /सिमपानी/मैयाँ जेबिका प्रतिनिधि दिपलाल ज्यु ले आयोजना ईकाई प्रमुख अनुज पण्डित लाई, अनुज पण्डित मार्फत प्रमुख अतिथी भरत बहादुर केसि ज्यु लाई, प्रमुख अतिथी मार्फत गाउँपालिका प्रमुख रिमल बाबू श्रेष्ठ ज्यु लाई, रिमल बाबू श्रेष्ठ मार्फत स्वास्थ चौकी ब्याबस्थापन समितिका अध्यक्षलाई र त्यसपछी अध्यक्ष मार्फत कार्यलय प्रमुख अस्मिता नाथ योगिलाई चावी हस्तान्तरण गरिएको थियो ।

उक्त पक्की भवन निर्माणको क्रममा रु २८२२३७४३/- प्राबिधिक स्टामेट गरि ठेक्का खुलाउदा तामाकोसी / सिमपानी/ मैयाँ जेबि कम्पनिले रु १८२२१२९९ /- मा मिति २०७८ साथ जेष्ठ २६ गते १५ महिना भित्र कार्य सक्ने गरि सम्झौता भएतापनी बिबिध कारणबस केही ढिला गरि २०७९/११/११ गते निर्माण सम्पन्न गरेको थियो ।

कार्यक्रम मा उक्त भवन निर्माणको क्रममा निशुल्क जग्गा दान गर्नु हुने खड्का कुमारी कार्की, खड्गा बहादुर कार्की(खम्बिर) , अर्जुन खड्का, कृष्ण बहादुर खड्का लाई सम्मान पत्र मार्फत सम्मान गरिएको थियो । त्यस्तै भवन निर्माण कम्पनी तथा योजना कार्यन्वयन ईकाई दोलखालाई प्रशंस पत्र मार्फत सम्मान गरिएको थियो त्यस्तै निबर्तमान गापा अध्यक्ष भरत पसाद दुलाल ज्यु ले स्वास्थ्यको क्षेत्रमा पुर्याउनु भएको अतुलनीय योग्दानको कदर गर्दै प्रशंस पत्र मार्फत सम्मान गरिएको थियो । जग्गा ब्याबस्थापनमा बिशेष पहल गर्ने तत्कालिन वडा अध्यक्ष किरण बस्नेत, सचिब सन्तोष खड्का, सदश्य गोबिन्द खड्का लगाएत लाई सधन्यबाद ब्यक्त गरिएको थियो । त्यस्तै गरि प्रमुख अतिथी मार्फत यहाँको महत्वोपुर्ण  आबश्यकता सिंचाइ र सडक आफ्नो कार्यकाल भरी सम्पन्न गरि छाड्ने प्रतिबद्धता प्रकट गर्नु भयो ।








 

No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु