सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Thursday, 14 July 2022

स्थानीय तहको निर्वाचन पश्चात पहिलो ५ बर्षमा शैलुङ गाउपालिका ५ नं वडामा भएका महत्वोपूर्ण उपलब्धिहरु

पृष्ठभूमि

नेपाल मा बिभिन्न समयमा भएको ऐतिहासिक आन्दोलन तथा नेपाली जनता हरुको बलिदानी पूर्ण सहादत बाट प्राप्त उपलब्धी हरु मध्ये बर्तमान अबस्थामा कार्यन्वयन भई रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल शासन ब्याबस्थालाई उच्चतम लोकतन्त्रको बिन्दु को रुपमा नेपाली  राजनैतिक दल र जनताहरुले अंगिकार गरेको पाईन्छ I यसै सन्दर्भमा केन्द्रीकृत र एकात्मक राज्य ब्याबस्था लाई अन्त्य गर्दै नेपाल को संबिधान २०७२ जारी भएको छ I संबिधानले तीन तहको संघीय शासन प्रणाली को सुनिश्चित गरे सगै केन्द्र, प्रदेश र स्थानीय तह सरकारको परिकल्पना गरेको छ I स्थानीय तह सरकार अन्तर्गत का निमित्त ऐतिहासिक रुपमा पहिको चुनाब २०७४ साल बैशाख मा सम्पन्न भयो I स्थानीय सरकारको निमित्त यो चुनाब नेपालको संघीय शासन प्रणालीको पहिलो चुनाबी अभ्यास थियो I


बागमती प्रदेश, दोलखा जिल्ला, शैलुङ गाउपालिका ५ काटाकुटी मा हामीलाई यस वडा मा वडा का नागरिक हरुले बिश्वास गरेर मतदान गरि निर्बाचित गराउनु भयो I संघीय शासनको पहिलो तथा ऐतिहासिक समयमा यस जित लाई हामि ले आम नागरिकको बिजय ठान्दै महान अबसरको रुपमा लियौ I यस बिचमा कयौ नीति नियम , भौतिक संरचना , जनशक्ति ,अनुभब आदिको अभाबमा पनि यस वडा को बिकास र यहा बस्नुहुने आम नागरिक हरुको सम्बृदि का निमित्त यहा हरुको साथ , सहयोग र सहभागिता मा हामि अहोरात्र खटी रह्यौ I हाम्रो पाच बर्षे कार्यकाल सम्पन्न हुन लाग्दै गर्दा हामीले यस वडाको सर्बाङगीन बिकास को निमित्त शिक्षा, स्वास्थ्य, कृषि , धर्म सस्कृति , खेलकुद, भौतिक तथा आर्थिक पुर्बधार हरुको क्षेत्र मा अतुलनीय योगदान पुर्याएका छौ I  जस मध्ये मुख्य कार्यहरु यहा समाबेश गरिएको छ I

क) शिक्षा

१)बिरेन्द्र मावि भवन निर्माण, कम्पुटर ल्याब, साईन्स ल्याब, पुस्तकालय स्थापन तथा नर्सरी बाल कक्षा देखि कक्षा ५ सम्म अंग्रेजी माध्यम द्वार पढाई सुरु गरिएको छ I

२)बिद्यालयमा मिटिंग हल तथा छात्राबास निर्माणाधीन अबस्था मा छ  I

३)साबिक जनकल्याण प्राबी भवन निर्माण गरिएको छ I

४)बालमैत्री खानेपानी तथा शौचालय ब्याबस्थापन गरिएको छ I

५)बिद्यालयमा नर्स को ब्याबस्थापन गरिएको छ I

६)बिद्यालय को सुरक्षा को निमित्त सिसि क्यामेरा को ब्याबस्थापन गरिएको छ I

७) बिद्यालय को घेरा बार भित्र र बाहिर बगैचाको निमित्त भौतिक पुर्बधार का कार्यहरु सम्पन्न गरिएको छ I साथै विभिन्न फलफूलका बिरुवाहरु लगाईएको छ I

ख) स्वास्थ्य

१) २४ घण्टे प्रसुती सेवा संचालन गरिएको छ I

२ ) आहालागाउ गाउघर क्लिनिक स्थापना तथा संचालन गरिएको छ I

३) वडा बासि सबैको पहुच पुग्ने ठाउमा आधुनिक पक्कि भवन निर्माण हुदै गरिएको छ I

ग) कृषि तथा पशुपालन

१)कृषि तथा पशु क्षेत्र मा प्राबिधिक ब्याबस्थापन गरिएको छ I

२)कृषि तथा पशुपालन कार्यक्रम हरुमा अनुदान को कार्यक्रम संचालन गरिएको छ I

३)विभिन्न कृषि औजार तथा टनेला हरु वितरण गरिएको छ I

४)तपशिल का कार्यक्रम संचालन गरि कृषि क्षेत्र मा उत्पादन बृदी, आधुनिकीकरण तथा ब्याबसायिकरण गरि कृषक हरुलाई आत्मनिर्भर बनाउदै लागिएको छ I

क)टनेला बनाई मौसमी तथा बेमौसमी तरकारी उत्पादन गराईएको छ I

ख)माटो चेकजाच गरि खेति तथा फलफुल लगाउने, आधुनिक मलखाद, जैविक तथा प्रान्ग्गारिक मल बनाउने सिप बिकास गरिएको छ I

ग)नर्सरी उत्पादन गर्ने रोप्ने प्रबिधि प्रदान गर्नुका साथै आधुनिक औजार प्रदान गरि तरकारी तथा फलफुल बालीहरु को गोडमेल तथा छटनि प्रबिधि प्रदान गरिएको छ I

घ)कृषक समूह बनाई सामुहिक खेतीको बिस्तार गर्नुका साथै प्राबिधिक टोलि सहित प्रतेक कृषक को घर गई कृषिजन्य समस्या बुझी साबधान गर्दै कृषक लाई प्रोत्साहित गरिएको छ I

ङ)उत्कृष्ट कृषक छनोट गरि पुरस्कार वितरण गरिएको छ I

च)उन्नत मकै बिउ तथा ब्याबसायिक फलफुल खेतीको निमित्त विभिन्न फलफुल का बिरुवाहरु वितरण गरिएको छ I

छ)बेसी खेत मा पहिरोको कारण विभिन्न ठाउमा भत्किएका कुला नहर मर्मत को निमित्त सिंचाई पाईप हरु को ब्याबस्थापन गरिएको छ I

ज)पानिघाट- बुढासेरा- थालि कृषि सडक निर्माण सहित १ किलो मिटर सोलिंग कार्य सम्पन्न गरिएको  I

झ)जंगलि जनावर बाट कृषक को उत्पादन मा हुने क्षेती कम गर्न को निमित्त बादर धपाउने यन्त्र वितरण गरिएको  I

ञ) कृषक पाठशाला समुह को आबश्यकता को आधार मा संचालन गरिएको छ I

५)तपशिलका कार्यक्रम संचालन गरि पशुपालन को क्षेत्रमा उत्पादन बृदी , आधुनिकीकरण तथा ब्याबसायिकरण गरि कृषक हरुलाई आत्मनिर्भर बनाउदै लागिएको छ I

क)कृषक हरुको पशुपालनमा क्षेमता बृदी गरि उन्नत जातको पशुपन्छीको पालन गराई उत्पादन बृदी गरि पशुपन्छी बाट पनि कृषकलाई आत्मनिर्भर बनाईएको छ I

ख)पशुपन्छी लाई लाग्न सक्ने सम्भाव्य रोग तथा परजीबी बिरुद्द समयसमयमा औषधि खुवाउने , खोप लगाउने गरिएको छ I

ग)आबश्यकता अनुसार भाले पशुपन्छी हरुलाई बन्ध्याकरण तथा पोथी पशुपन्छी हरुको समस्या को समाधान गरि प्रजनन क्षेमता बृदी गर्ने गरिएको  I

घ)औषधि वितरण तथा खुवाउने बिधि तथा सन्तुलित आहार खुवाउन सिकाईएको छ I

ङ)प्रत्येक कृषक को घर घरमा गई पशुपालन तथा उन्नत डाले घास खेति बारे सुचना ,ज्ञानसिप प्रदान गरिएको छ I

च)उन्नत डाले तथा भुई घास का बिरुवा, बिउ वितरण गरिएको छ I

छ)ब्याबसायिक दुग्ध उत्पादनको निमित्त कृषक को आर्थिक साझेदारीमा उन्नत गाई वितरण गरिएको छ I

घ) सडक स्तरोन्नति तथा सडक निर्माण

१) बाघखोर–बिरेन्द्र मावि-गाईघाट सडक स्तरोन्नति गरिएको छ I

२) मगर खोला देखि गोल्मा डाडा टोल सम्म लगातार सोलिंग कार्य सम्पन्न गरिएको साथै सोहि सडक को अप्ठ्यारो ठाउ हरुमा मेसनरी वाल , ग्याबिङ्ग वाल, सिलिंग तथा पक्कि नाला सहित ढल पाईप को ब्याबस्थापन गरि सदाबहार सवारी साधन संचालन हुने गरि सडक को स्तरोन्नति गरिएको छ I

३) बिरेन्द्र मावि देखि हाल रहेको वडा कार्यालय अर्थात गणेश थान नजिक खोल्सा छेउ सम्म सोलिंग कार्य सम्पन्न गरिएको छ I

४) जितपुर बाट छहरे जाने सडक मा आर्थिक वर्ष २०७८/०८९ मा करिब ६०० मिटर सोलिंग कार्य सम्पन्न गरिएको छ I

५) जितपुर बाट महाघडेरी जाने सडक मा आर्थिक वर्ष २०७८/०८९ मा करिब १३० मिटर सोलिन लगाउने कार्य सम्पन्न गरिएको  I

६) देबिथान बाट जितपुर हुदै वडा कार्यालय बिरेन्द्र मावि जाने सडक ७ मिटर चौडा गरि जिरो किलो बाट आर्थिक वर्ष २०७८/०८९ मा करिब २१६ मिटर सोलिङ कार्य सम्पन्न गरिएको छ I

७) वडा भित्र को बहु महत्वोपुर्ण पानिघाट – बुढासेरा – थालि कृषि सडक बिस्तार गरि थालि देखि कल्छे खोला सम्म सडक सोलिंग गरिएको तथा रुम्टो खेतमा ग्याबिङ वाल उठाई सोलिंग कार्य सम्पन्न गरिएको  I

८) खड्का टोल- लप्टनटोल- दाहाल टोल सडक अन्तर्गत स्तरोन्नति गरि सोलिङ कार्य आर्थिक वर्ष २०७८/०८९ मा १०३ मिटर सम्पन्न गरिएको छ I

९) पयुडाडा – घट्टेखोला – दाहाल टोल सडक स्तरोन्नति गरि करिब १०० मिटर सोलिंग कार्य सम्पन्न गरिएको छ I

१०) शैलुंग गाउपालिका रंगाशाला देखि घ्याँङडाडा सम्म नया बैकल्पिक नया सडक सडक बिस्तार गरिएको छ I

११) घ्याँङडाडा – मुलको धारा – वडा कार्यालय बस्ति केन्दित नया सडक बिस्ता गरिएको छ I

१२) वडा भित्र का बिभिन्न सडक हरु मा आबश्यक ठाउ हरुमा ह्युम पाईप को ब्याबस्थापन गरि सडक पहिरोलाई ब्याबस्थापन गरिएको छ I

१३) बिरेन्द्र मावि – महाभिर बस्ति केन्द्रित नया सडक बिस्तार गरिएको छ I

१४) बिरेन्द्र मावि मागाबिर्ता अन्तर वडा स्तरीय नया सडक बिस्तार गरि महाभिर खेत मुनि सम्भाव्य पहिरो जोखिम लाई न्यूनीकरण गर्न ग्याबिङ वाल निर्माण कार्य सम्पन्न गरिएको छ I

१५) खकाले – फस्कु अन्तर वडा स्तरीय नया सडक बिस्तार गरिएको छ I

१६) फापर खोरिया – ठुलो सिम – पिउसे बस्ति केन्द्रित नयाँ सडक बिस्तार गरिएको छ I

१७) छहरे  सडक तर्फ

ङ) पुल हरु

१) चर्नावती गाईघाट खोलामा पक्कि मोटरेवल पक्कि पुल निर्माण सम्पन्न गरिएको छ I

२) मागा खोला मा पैदल यात्री तथा दुई पाङ्ग्रे सवारी साधन को निमित्त ट्रस्ट पुल निर्माण सम्पन्न गरिएको छ I

 च) खानेपानी

१) छहरे खोला खानेपानी योजना सम्पन्न (छहरेको तल्लो बस्ती को निमित्त एक घर एक धारा अन्तर्गत ..... निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण गरिएको)

२) ओखारफेद – दुलाल टोल खानेपानी योजना सम्पन्न (वडा को खानेपानी बाट बन्चित बस्ति हरु लप्टन टोल, फुलबारी , दाहाल टोल, दुलाल टोल, गोल्मा डाडा तथा थालि मा एक घर एक धारा अन्तर्गत १०० वटा धारा निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण गरिएको)

३) ढुङ्गे मुहान बाट वडा को आरुखर्क, फापर खोरिया , पिउसे आसपास का उपभोक्त हरुको निमित्त एक घर एक धारा निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण कार्य सम्पन्न गरिएको

४) ढाडे खोला –पयुडाडा खानेपानी योजना सम्पन्न (वडा को पाखाटोल, गैर घर टोल, वडा कार्यालय , पयुडाडा मा एक घर एक धारा अन्तर्गत ........ वटा धारा निर्माण कार्य सम्पन्न गरि उपभोक्त हरु लाई हस्तान्तरण गरिएको)

५) साना चौर जितपुर खानेपानी योजना अन्तर्गत को एक घर एक धारा निर्माण कार्य सुरुवात भई निर्माण सम्पन्न को चरण मा रहेको छ I

६) तत्काल को निमित्त कुनै पनि योजना नपरेको तथा खानेपानी को असुविधा रहेका ठाउ तथा बस्ति हरुमा एक घर एक धारा निर्माण हुनु पूर्व को समय सम्मको निमित्त खानेपानी पाईप ब्याबस्थापन गर्ने कार्य सम्पन्न गरिएको छ I

छ) भवन तथा मठ मन्दिर  

१)वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ I

२)साबिक को स्वास्थ्य कार्यालयको भवन निर्माण सम्पन्न भएको छ I

३)साबिक जनकल्याण प्राबी बिध्यालयको भवन तथा शौचालय निर्माण सम्पन्न भएको छ  I

४)बिरेन्द्र मावि बिध्यालय को २४ कोठे दुई वटा पक्कि भवन तथा शौचालय निर्माण सम्पन्न भएको छ I

५)निर्माणाधीन बर्तमान स्वास्थ्य चौकी भवन को निर्माण कार्य अन्तिम चरणमा भएको छ I

६)सामुदायिक भवन छहरे निर्माण कार्य सम्पन्न भएको छ I

७)सामुदायिक शौचालय छहरे निर्माण कार्य सम्पन्न भएको छ  I

८)छ्योर्तेन योजना छहरे निर्माण कार्य सम्पन्न भएको छ I

९)ऐतिहासिक गोल्मा राजा रानी मन्दिर निर्माण कार्य सम्पन्न भएकोछ  I

१०)गोल्मेशोर सामुदायिक बन को भवन निर्माण कार्य सम्पन्न भएको छ  I

११)देबिथान मन्दिर निर्माण कार्य सम्पन्न भएको छ I

१२)भिमसेनथान मन्दिर महाघडेरी निर्माण कार्य सम्पन्न भएको छ  I

१३)संसारी थान मन्दिर घ्याङडाडा निर्माण कार्य सम्पन्न भएको छ I

१४)सुकुटे दुर्घटना स्मृति पार्क निर्माण कार्य सम्पन्न भएको छ  I

१५)माने योजना (गिद्द मरेको डाडा) निर्माण कार्य सम्पन्न भएको छ I

१६)पाटि तथा घाट निर्माण योजना (छहरे पिउसे) निर्माण कार्य सम्पन्न भएको छ  I

१७)मुलको धारा मन्दिर निर्माण कार्य सम्पन्न गरिएको छ I

१८) २०७२ सालको भूकम्प बाट क्षेतिग्रस्त भएका घर हरु मध्ये .......घर हरु निर्माण सम्पन्न भएको छ भने केहि घर हरु निर्माण सम्पन्न को अन्तिम चरण मा छन्  I

 

ज) खेल मैदान तथा रिचार्ज पोखरी, सिंचाई   

१) बिरेन्द्र मावि खेलमैदान खेलमैदान लाई संग्रक्षण को निमित्त ग्याबीङ वाल उठाईएको छ I

२) सानोचौर मा मिनी रंगशाला खेलमैदान निर्माण गरिएको छ भने स्तरोन्तिको कार्य बाकि रहेको छ I

३) साबिक को गाबिस भवन को छेउमा रिचार्ज पोखरी निर्माण कार्य सम्पन्न भएको छ I

४) घट्टेखोला सिंचाई मर्मत तथा स्तरोन्नति को कार्य सम्पन्न गरिएको छ I

५) काटाकुटी ओखरपौवा सिंचाई को निर्माण कार्य अन्तिम चरण मा पुगेको छ I

 

झ) अन्य निर्माण तथा संरक्षण कार्य

१)जोखिम युक्त सडक मा ग्याबिङ वाल लगाउने कार्य सम्पन्न I

२)पहिरो रोकथाम तथा बस्ति संरक्षण I

राज्यको तल्लो तह , केन्द्र देखि दूरदराज , पहाडी भूबनोट यस माथि पनि संघीय शासन प्रणालीको पहिलो अभ्यास हुनु ले पनि हामि सामु अनेक चुनौती हरु थिए तापनि हामीले परिबर्तन स्थापित गर्दै जनचाहना अनुरुपको संघीय शासन प्रणालीको प्रतिफल आम नागरिकमा पुर्याउदै अभिभाबकीय रुपमा स्थानीय सरकारको अनुभूति गराउनु हाम्रो कर्तब्य थियो I हामि ले यस वडा मा निर्वाचन को समयमा ब्यक्त गरेका बाचा सगै अनगिन्ती बिकास निर्माण का काम हरु गरेका छौ I सिमित स्रोत साधन लाई प्रयोग गरि हाम्रा बस्ति बस्तीका असिमित आबश्यकता हरु समाधान गर्नु फलाम को चिउरा चपाए सरह चुनौती नै थियो तर सबी आम नागरिक हरुको साथ, सहयोग र सहभागिता ले विभिन्न वर्ग, जाति ,समुदाय, भाषा, धर्म, सस्कृति, पर्यटन र कृषि क्षेत्र को बिकास को निमित्त आबश्यक पुर्बधार निर्माण मा लगानी गरेका छौ I जसले आगामी बिकास का गतिहरु तिब्र रुपले बढ्ने निश्चित भएको छ I हामि बिश्वस्त छौ कि यस वडा का नागरिक हरुले यहि ठाउमा आफ्ना भाग्य र भबिष्य देख्न थालेका छन् I यहि सन्दर्भमा वृद् आमा बुबा हरुको भनाई “छिटो जन्मीएछु , ढिला जन्मिएको भए अझ अरु बिकास का गतिबिधि हरु के के हेर्न पाईन्थ्यो होला” I

        अन्त्यमा हामीलाई अमुल्य मतदान गरि बिजय गराउन साथ सहायोग , सल्लाह सुझाब शुभेक्षा प्रदान गर्नु हुने तथा निर्वाचन पछी हाम्रो पाच बर्षे कार्यकाल लाई सफल बनाउन को निमित्त सहयोग गर्नु हुने सम्पूर्ण संघ सस्था, आमा बुबा , दाजुभाई ,तथा दिदीबहिनी हरु साथै सबै-सबै मा हार्दिक धन्यबाद व्यक्त गर्दछौ I

जनप्रतिनिधि

१)   अध्यक्ष - किरण बस्नेत

२)   कार्यबाहक अध्यक्ष - गोबिन्द खड्का

३)   सदश्य - कृष्ण बहादुर खड्का

४)   सदश्य - कल्पना नेपाली

५)   सदश्य - सन्जली तमाङ

 

 

 

 

 


 

 

 

 

 

 

 

 

 


No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु