२०७९ अषाढ ३१ गते शुक्रबार ,
शैलुङ गाउपालिका र भिमेश्वोर नगरपालिका तथा सदरमुकाम चरिकोट जोड्ने एक मात्रै छोटो दुरीको सडकको रुपमा रहेको काटाकुटी गाईघाट घोक्सिला सडक खण्ड अन्तर्गत पर्ने चर्नावती हाईड्रो नजिक (भिनापा ५ पटी) दैनिक परेको अविरल बर्षादको कारण खहरे खोला अनियन्त्रीत भई सडक मा भल पसी कच्ची सडक पूर्ण रुपले क्षेती ग्रस्त भएको हुदा उक्त रुट हुदै चल्ने यातायातका सम्पूर्ण साधन हरु पूर्ण रुपले अबरुद्द रहेको कुरा जानकारीमा आएको छ भने नागरिकता तथा लालपुर्जा बनाउन उक्त सडक प्रयोग गरि बोलेरोमा सदरमुकाम चरिकोट गईरहेका सेवाग्राही हरु लाई समस्या परेको सवारी चालक बिष्णु नेपाली ले बताउनु भयो l साथै उक्त अबरुद्द सडक तत्काल मर्मत गरि संचालन को निमित्त आबश्यक कदम चाल्न शैलुङ गापा ५ का वडा अध्यक्ष मार्फत भिनपा ५ का वडा अध्यक्ष लाई अनुरोध गरिएको छ l


.jpg)



No comments:
Post a Comment