सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Sunday, 10 July 2022

गोलभेडा खेति बाट लाखौ कमाउदै शैलुङ गाउपालिका ५ का कृषक

मिति २०७९ साल अषाढ २६ गते,

शैलुङ गाउपालिका ३ का दुई दाजु भाई ले ब्याबसायिक कृषि खेति बाट मनग्गे आर्थिक आम्दानि गरेका छन् l उनि हरुले शैलुङ गाउपालिका ५ मा रहेको आफ्नो ५ रोपनी जग्गामा अकबरे खुर्सानी खेति गरेका छन् भने सोहि वडा मा २५ रोपनी जग्गा भाडा मा लिएर ब्याबसायिक गोलभेडा खेति र च्याउ खेति गर्दै आईरहेका छन् त्यस्तै शैलुङ ३ नम्बरमा आफ्नो जग्गा मध्ये १० रोपनी मा बेमौसमी आलु खेति तथा १० रोपनी जग्गामा किवी खिती गर्दै आई रहेका छन् l  ५ रोपनी जग्गामा अन्य तरकारी जन्य बेमौसमी खेति गर्दै आई रहेका छन् l

थोरै समयमा एक सफल ब्याबसायिको कथा बुन्न सफल दाजु भाई हुन् नारायण श्रेष्ठ र गणेशमान श्रेष्ठ l उहा हरुले सुरुवात गर्नु भएको ब्याबसायिक खेति बाट उहा हरु ले मात्रै आर्थिक आम्दानि नलिईकन दैनिक ७ जना लाई रोजगारी पनि निरन्तर दिई रहेका छन् भने उक्त रोजगारीबाट प्रति कामदार ले रु १२ हजार देखि १५ हजार सम्म प्रतिमहिना कमाई रहेका छन् l ब्यबसायिक हिसाब ले २०७६ साल बाट सुरुवात कृषि पेशा अगालेका दाजुभाई को अथाह मेहनत र परिश्रम को नजिकै बाट देख्ने कृषक हरुले खुलेरै प्रशंसा गर्ने गर्दछन l यस आर्थिक बर्षमा ५ रोपनी जग्गा मा लगाएको अकबरे खुर्सानी बाट मात्रै ५ लाख आम्दानि गर्ने लक्ष्य राख्नु भएको छ भने गोलभेडा खेति बाट ७० लाख को उत्पादन गर्ने लक्ष्य लिएको बताउदै ६० लाख नघट्ने बताउनु हुन्छ l

आधुनिक खेति प्रणाली अनुसार खेति गरिएको ले लागत अलि बढी भए पनि उत्पादनको हिसाब ले र रोगकिरा को हिसाबले फाईदाजनक रहेको बताउनु भयो l बजार मा पाईने प्लास्टिक टनेला बाट बिरुवालाई चाहिने मात्र मा घामको प्रकाश नछिर्ने भएको कारण  U V यु भी प्लास्टिक प्रयोग गरेको बताउने दाजुभाई ले गोलभेडा खेति बाट बिरुवा लगाएको ४ महिना देखि ६ महिना सम्म लगातार उत्पादन दिने र प्रति २/३ दिन मा ७० देखि ८० क्यारेट गोलभेडा उत्पादन भई रहेको बताउनु भयो l  गत आर्थिक बर्षमा उहा हरुको फर्म लाई ५ लाख शैलुङ गाउपालिकाले अनुदान दिएको थियो भने यस आर्थिक बर्ष मा गाउपालिका ले कुनै अनुदान को रकम नछुट्याए पनि आफु जस्तै लगनशील कृषक उत्पादनको निमित्त कम्तिमा ५० जना लाई ब्याबसायिक कृषि खेति को बारेमा तालिम को ब्याबस्थापन गरिदिनु हुन शैलुङ गाउपालिका को उपाध्यक्ष पार्वती कार्की मार्फत अनुरोध गर्नु भएको छ l

 

No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु