सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Sunday, 10 July 2022

सामाजिक सुरक्षा भत्ता सम्बन्धि अत्यन्त जरुरी सुचना

मिति २०७९ साल अषाढ २६ गते,

नेपाल सरकारको आगामी आर्थिक बर्ष २०७९/०८० को बार्षिक स्वीकृत बजेट तथा कार्यक्रम अनुसार सामाजिक सुरक्षा भत्ता को निमित्त शैलुंग गाउँपालिका ५ नं वडा स्थायी बसोबास गर्नुहुने  २०६९ अषाढ मसान्त सम्म ६८ बर्ष पुरा हुनु भएका सम्पूर्ण  नागरिक हरुको  दरखास्त संकलन , प्रविष्ट र प्रमाणीकरण कार्य तथा सामाजिक सुरक्षा भत्ता कार्ड नबिकरण  यहि मिति २०७९ श्रावण १ गते देखि १५ गते सम्म गर्न लागिएको ले आबश्यक तपशिल बमोजिमको कागज पत्र सहित वडा कार्यालयमा सम्पर्क गर्नु हुन् सबैमा हार्दिक अनिरोध गर्दछु l

तपशिल

१)     बालबालिका बाहेक अन्य व्यक्तिको हकमा  नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि

२)     बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३)     अपांगता भएका व्यक्तिहरुको हकमा गाउँपालिकाले जारी गरेको अपांग परिचय पत्रको प्रतिलिपि

४)     विधवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्ध बिच्छेद गरि बसेका महिलाको हकमा न्यायिक पृथकीकरण भएको प्रमाण तथा बिबाह नगरेका महिलाको हकमा सम्बन्धित वडा कार्यालयको अबिबाहित प्रमाणित सिफारिसपत्र

५)     आफु सग रहेको सामाजिक सुरक्षा भत्ता परिचयपत्रको सक्कल प्रति

६)     लाभाग्राहिको हालसालै खिचिएको पासपोर्ट साईजको २ प्रति रंगिन फोटो

७)      तिन पुस्ते विवरण खुल्ने कागजपत्र

८)     निवेदक को सम्पर्क फोन नम्बर

थप जानकारीको निमित्त वडा कार्यालयको सम्पर्क नं ९७६२२७७१२५ मा फोन गरेर बुझ्न सक्नु हुने छ l


No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु