सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Wednesday, 10 August 2022

राष्ट्रिय परिचय पत्र सम्बन्धी शैलुङ गाउँपालिका ५ नं वडा कार्यालयको अत्यन्त जरुरी सुचना

 २०७९ साउन २५ गते ,

  राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट दोलखा जिल्लामा राष्ट्रिय परियचपत्रको विवरण दर्ता अभियान अन्तर्गत शैलुङ गाउँपालिका वडा नं ५ वडा कार्यालयमा यहि मिति २०७९ साल भाद्र महिनाको दोश्रो साता बाट निश्चित समय अबधि सम्मको निमित्त दर्ता अभियान संचालन हुने हुँदा तपशिल मा उल्लेखित कागजपत्र सहित उपस्थित हुन अनुरोध गर्दै उल्लेखित कागजपत्र मा कुनै समस्या भएमा उक्त दर्ता अभियान अगाभै आबश्यक कागज प्रमाण जुटाई राख्नुहुन समस्त वडाबासि हरुमा हार्दिक अनुरोध गर्दछु l

तपशिल

  1. नेपाली नागरिकताको सक्कल प्रमाणपत्र ।
  2. नागरिकतामा जन्ममिति नखुलेकाको हकमा जन्ममिति खुल्ने प्रमाण ।
  3. नागरिकका प्रमाणपत्रमा उल्लेख भएको भन्दा फरक ठेगाना भएमा ठेगाना प्रमाणित गर्ने बसाईसराई वा बसोबास प्रमाणपत्र भएको कागज ।
  4. नागरिकतामा पति/पत्नी नखुलेको हकमा विवाह दर्ता प्रमाणपत्र वा बच्चाको जन्मदर्ता प्रमाणपत्र वा पति पत्नी भएको प्रमाणित हुने कागज ।
  5. नागरिकतामा अग्रेजीमा नामथर नभएमा भरसक अग्रेजी नामथर खुल्ने कागजात ।
  6. विवरण पुष्टी गर्ने अन्य कागजातहरु आवश्यकता अनुसार जस्तै मृत्यु दर्तासम्बन्ध विच्छेद आदी ।
  7. सम्बन्धीत व्यक्ति अनिबार्य उपस्थित हुनुपर्नेछ l 
नोट : कुनै कारणबस नागरिकता मा स्पस्ट नम्बर नबुझिने वा झुत्रो भएको वा काचाककुचुक भएको छ भने तत्काल प्रतिलिपि बनाउनु हुन तथा १६ बर्ष उमेर पुगी नागरिकता नबनाएको हकमा तुरुन्त्त नागरिकता बनाउनुहुन l  


No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु