सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Wednesday, 10 August 2022

मृगौला प्रत्यारोपण गरेका, डायालाईसिस गरिरहेका, क्यान्सर रोगि र मेरुदण्ड पक्षघात बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धि कार्यविधि २०७८ अनुसार आबश्यक पर्ने सिफारिस का अनुसूची ढाचा हरु सहित

 २०७९ साल साउन २५ गते

    शैलुङ गाउँपालिका ५ काटाकुटी स्थाई वा अस्थाई बसोबास गर्नु भई बिविध कारण बाट बिरामी भई मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका, क्यान्सर रोगि र मेरुदण्ड पक्षघात बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धि कार्यविधि २०७८ अनुसार बिरामीको औषधि उपचार लामो समयसम्म गर्नु पर्ने र खर्चिलो हुने हुदा बिरामीलाई हुन जाने आर्थिक भार कम गर्न औषधि उपचार बापत खर्च उपलब्ध गराउने नेपाल सरकारको निति कार्यान्वनका लागि जनास्वास्थ्य सेवा नियमावली २०७७ को नियम २६ (१) मा भएको ब्याबस्था बमोजिम लक्षित समुहका लागि दिईने स्वास्थ्य सेवा, सुबिधा तथा प्रक्रियालाई सरल र सहज बनाउन को निमित्त सम्बन्धित लाभग्राही हरुले तपशिल मा उल्लेखित कागजपत्र सहित तत्काल वडा कार्यालयमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछु l

तपशिल  

१)     यस कार्यविधिको अनुसूची -१ बमोजिम चिकित्सक बाट प्रमाणित भएको सिफारिस l

२)     सम्बन्धित लाभाग्राहिको अनुसूची -२ बमोजिम को निबेदन l

३)     नागरिकता प्रमाणपत्र l

४)     नाबालक को हकमा जन्म दर्ताको प्रमाण पत्र l

५)     मेरुदण्ड पक्षघात (Spinal Cord Paralysis)रोगीको हकमा अपांग सम्बन्धि प्राप गरेको रातो वा निलो कार्डको प्रतिलिपि l

६)  बिपन्न प्रमाण पत्र वा सिफारिस l 

पुनश्च : नेपाल सरकार बाट उपलब्ध गराउदै आएको जेष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, अपांग भत्ता, लगाएत नेपाल सरकार बाट साबिकमा पाई आएको मासिक सुरक्षा भत्ता वा यस निर्देशिका बमोजिम उपलब्ध गराईने मध्ये कुनै एक किसिमको भत्ता वा मासिक वृती मात्र प्राप्त गर्न सक्ने व्यहोरा अनुरोध छ l

लाभग्राहीले भर्नुपर्ने अनुसूची २ बमोजिमको ढाचा 

चिकित्सक बाट रोग प्रमाणित अनुसूची १ बमोजिमको  ढाचा 


No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु