शैलुङ गाउँपालिका ५ वडा कार्यालय मार्फत वडा भित्र बसोबास गर्नु हुने आमा दिदि बहिनि हरुलाई हिजो एक तिज बिशेस कार्यक्रम आयोजना गरि हर्सोल्लासका साथ दर खुवाउने कार्य सम्पन्न गरिएको छ l
नेपाली
महिला हरुको महत्वोपुर्ण चाड हरितालिका तिज सास्कृतिक, धार्मिक तथा सामाजिक मूल्य
मान्यतामा आधारित बिशेसत हिन्दु नारि हरुको महान चाड भएकोले उक्त चाड लाई वडा स्तरबाट
संरक्षण गर्ने हिसाबले वडा भित्र रहेका ८ वटा आमा समुहहरुको प्रतिनिधि मुलक
उपस्थितिमा वडा स्तरीय तिज बिशेस कार्यक्रम आयोजक समिति बनाएर खिर खुवाउने
कार्यक्रम गरिएको थियो l
औपचारिक रुपमा
संचालित उक्त कार्यक्रमको अध्यक्षता उपकार आमा समुहका अध्यक्ष तथा वडा स्तरीय तिज
बिशेस आयोजक समितिका अध्यक्ष जुनमाया तमाङले गर्नु भएको थियो भने कार्यक्रम को
प्रमुख अतिथि शैलुङ गाउँपालिका ५ का वडा अध्यक्ष दिल कुमार तमाङ, बिशेस अतिथि
पूर्व वडा कार्यबाहक अध्क्षय गोबिन्द खड्का, अतिथि कुमार बस्नेत, चित्र बहादुर
कार्की तथा ८ वटा आमा समुहको प्रतिनिधि हरुको आतिथ्यतामा संचालित उक्त कार्यक्रम
मा स्थानीय व्यक्ति हरुको ब्यापक उपस्थिति थियो l
कार्यक्रम मा तिज बिशेस नाचगान सगै विभिन्न रोचक मनोरन्जनात्मक कार्यक्रम हरु समेत समाबेस गरिएको थियो l दर खुवाउने कार्यक्रम मा कार्यक्रम का अतिथि , बिशेस अतिथि तथा प्रमुख अतिथि लगाएत ब्यक्तित्वहरुले तिज लाई परम्परागत शैलीमा सस्कृति जोगाउन को निमित्त सबै आ-आफ्नो तर्फ बाट लाग्नु पर्ने मन्तब्य राख्दै अहिले तिज को नाममा देखिदै आएको विभिन्न प्रकारका बिकृति बिसंगती हरुलाई रोक्नको निमित्त पनि यस्तो खालको कार्यक्रमले ठुलो टेवा पुग्ने कुरा बताउनु भयो भने कार्यकम को संचालन आयोजक समितिका सचिब भगवती खड्काले गर्नु भएको थियो l














No comments:
Post a Comment