सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Friday, 2 September 2022

राष्ट्रिय परिचय पत्र बनाउने कार्यक्रम अन्तिम चरणमा (छुटफुट को निमित्त १ दिन थपियो)

राष्ट्रिय परिचयपत्र आबेदन फारम को निमित्त तस्विर लिदै 
 २०७९ भदौ १७ गते

शैलुङ गाउँपालिका वडा नं ५ मा राष्ट्रिय परिचय पत्र बनाउने कार्यक्रम अन्तिम चरणमा पुगेको छ l राष्ट्रिय परिचय पत्र बनाउने कार्यक्रम टोल गत तरिकाले २०७९ साल भाद्र ६ गते देखि वडा कार्यालयमा सुरुवात गरिएको मा मिति २०७९ साल भदौ १६ गते सम्म जम्मा ५५१ जना व्यक्ति हरुले मात्र राष्ट्रिय परिचय पत्रको आबेदन फारम भरि दर्ता नम्बर प्राप्त गर्नु भएको छ l वडा कार्यालयको मिति २०७९ साल भदौ ५ गते प्रकाशित सुचना अनुसार आबेदन फारम भर्ने समय अबधि  भदौ १९ गते सम्म तोकिएको मा वडा भित्रका नागरिक हरु राष्ट्रिय परिचय पत्र बनाउन बाट  सकेसम्म कोहि पनि नछुटोस भनेर थप १ दिन सेवा प्रबाह गर्ने निर्णय गरिएको छ भने उक्त दिन वडा भित्रका जुनसुकै टोलका व्यक्तिहरुले आबेदन फारम भर्ना सक्नु हुने छ र यस अघि पनि सुचना मा उल्लेखित तोकिएको टोल बाहेक मा उपस्थित हुने नागरिक हरुलाई सेवा प्रबाह बाट रोकिएको थिएन l

नयाँ मतादाता नामावली मा समाबेश भएको संख्या लाई आधार मान्ने हो भने पनि राष्ट्रिय परिचय पत्र बनाउन को निमित्त उल्लेखनीय व्यक्तिहरुको उपस्थिति नभएको देखिन्छ l मतदाता संख्या १७६५ रहेको यस वडामा अझै सयौ व्यक्तिहरुले उक्त मतदाता परिचय पत्र बनाउन बाट समेत बन्चित रहेका छन l राष्ट्रिय परिचय पत्र बनाउन को निमित्त उल्लेखनीय रुपमा व्यक्तिहरुको उपस्थिति नहुनुको कारण यस वडाका नागरिक हरु बढी मात्रामा रोजगारीको शिलशिलामा काठामाण्डु बिभिन्न शहरमा रहेको र अति आबश्यक हुने व्यक्ति हरुले वडा मा यस प्रकारको अभियान सुरु हुनु पूर्व नै आफु अनुकुल जिल्ला प्रशासन मा गएर राष्ट्रिय परिचय पत्र बनाएको कारण ले पनि वडा कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउनेको संख्यामा कमि आएको हुन सक्ने अनुमान गरिएको छ l




No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु