सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Tuesday, 6 September 2022

किवी खेति गर्नु हुने कृषक को निमित्त सुवर्ण अवसर

 २०७९ भदौ २१ गते

नेपाल सरकार कृषि तथा पशुपन्छी बिकास मन्त्रालय , प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन ईकाई दोलखाको चालु आर्थिक बर्ष २०७९/०८० को मिति २०७९ भदै ६ गतेको सुचना अनुसार किवी जोन अन्तर्गत किवी जोन परियोजना कार्यन्वयन ईकाई दोलखामा सुचिकृत हुनु भएका व्यक्ति वा समुहको निमित्त ५०% अनुदान मा किवी बगैचा थाक्रा (फलाम र जी आई पाईप) दिन लागेको छ l यसको निमित्त आबश्यक बमोजिम तपशिलका  कागज पत्र सहित २०७९ साल असोज ४ गते भित्र मा परियोजना ईकाई कार्यालयमा बुजाउनु पर्ने सुचना जारि गरेको छ l



तपशिल

१)     यू १० को टिकट टास गरि यस परियोजनाको ईकाई दोलखामा निबेदन दिने l

२)     वडा कार्यालयको सिफारिस l

३)     समूह/सहकारी/ कृषि कम्पनि हरुमा निर्णयको मईन्युट l

४)     अख्तियार प्राप्त व्यक्तिको नागरिकताको प्रतिलिपि l

५)     सस्था दर्ता प्रमाण पत्रको प्रतिलिपि र स्थायी लेखा नम्बर (PAN) को प्रतिलिपि l

६)     किवी खेति गर्ने जग्गा धनि दर्ता प्रमाण पुर्जाको प्रतिलिपि l

No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु