शैलङ
गाउँपालिका ५ काटाकुटी मा बिजया दशमी तथा शुभ दिपावली २०७९ को पावन अबसरमा बृहत
सास्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो l संस्था ले २०६३ सालदेखि लगातार गाउँमा
रहेका विभिन्न खालका बिकृति तथा विसंगति को बिरुद्द मा बुलन्द आवाज निकाल्दै
सबैलाई जागरण अभियान मार्फत शिक्षित तुल्याउदै आईरहेको मा केहि बर्ष देखि कुनै पनि
औपचारिक कार्यक्रम हरु नगरेको अबस्थामा यसपटक सास्कृतिक कार्यक्रम गर्न लागिएको हो
l कार्यक्रम मा विभिन्न खालका सन्देशमुलक गित संगीत तथा नृत्य सहित नाटक हरु
प्रस्तुत गरिने उक्त कार्यक्रम वडा कार्यालयको प्रांगणमा अशोज १८ गते नवमीको दिनमा
आयोजना गर्न लागिएको संस्थाको सास्कृतिक टोलीका संयोजक प्रदिप नेपाली ले बताउनु
भएको छ l
साथै
काटाकुटी फुटबल क्लब द्वार फुटबल वडा स्तरीय रनिंग शिल्ड प्रतियोगिता आयोजना गरेको
छ l वडा स्तरीय रनिंग शिल्ड फुटबल कार्यक्रम मा वडा भित्र का विभिन्न टोल बस्तीमा
रहेका विभिन्न फुटबल क्लब हरु बिच को प्रतियोगिता हुने भएको ले उक्त कार्यक्रम
१६गते सुरुवात गरिदै छ भने फाईनल खेल अशोज १८ गते हुने आयोजक काटाकुटी फुटबल क्लब
का अध्यक्ष कपिल बस्नेत ले बताउनु भयो l
प्रतियोगितामा प्रथम हुने टिमलाई ट्रफी सहित मेडल तथा प्रमाण –पत्र को
ब्याबस्थापन गरिएको छ भने दोश्रो हुने टिम लाई समेत ट्रफी र मेडल तथा प्रमाण पत्रको
ब्याबस्थापन गरिएको बताउदै शिखर जनजागृति समुहको सास्कृतिक कार्यक्रम र फुटबल खेल
भएको ले समय लाई ब्याबस्थापन गरि बिजेता टोलि हरुलाई पुरस्कार वितरण शिखर जनजागृति
समुहको सास्कृतिक कार्यक्रम गरिने समेत बताउनु भयो l खेल नकाउट को नियम अनुसार खेलाईने आयोजक टिम ले बताउनु भयो l



No comments:
Post a Comment