शैलुङ गाउँपालिका ५ काटाकुटी स्थित शिखर जनजागृति समूह को सास्कृतिक बिभाग द्वार वडा कार्यालयको प्रांगणमा बर्षादको बाबजुद पनि भब्यतापुर्बक सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ l समुहका अध्यक्ष तथा वडा अध्यक्ष दिलकुमार तमाङ को अध्यक्षता मा सम्पन्न उक्त कार्यक्रम मा प्रमुख अतिथि मा शैलुङ गाउँपालिका का पुर्व प्रमुख भरत दुलाल ज्यु , बिशेष अतिथि पुर्व जिविस सभापति तथा नेपाली कांग्रेश महादिबेशन प्रतिनिधि सुनिता नेपाली, राष्ट्रिय कलाकार छेवांग तेन्जिङ लामा लगाएत अन्य राजनैतिक दलका स्थानीय नेता प्रतिनिधि तथा संघ सस्था हरुको प्रतिनिधि हरुको आत्तिथ्यतामा सम्पन्न कार्यक्रम मा समुहका सास्कृतिक विभागका विभिन्न कलाकार हरुले आ-आफ्नो कला प्रस्तुत गर्नु भएको थियो l
कार्यक्रम
मा शिखर जनजागृति समुहको सस्था को गित, साकेला , टप्पा, झम्के माया, तमाङ सेलो , म
हु नेपाली बाबु , हिमाल झैँ हास्ने , मायालु लुकी लुकी , दशैँ आयो जस्ता बोलका गीतमा
एकल तथा सामुहिक नृत्य प्रस्तुत गरिएको कार्यक्रम को निर्देशक शिखर जनजागृति
समुहका उपाध्यक्ष तथा सास्कृतिक बिभाग का प्रमुख प्रदिप नेपाली ले गर्नु भएको थियो
l कार्यक्रम मा बिशेस अतिथि छेवाङ तेन्जीङ लामा मार्फत विजया दशमीको शुभकामना सहित
गौरीशंकर हिमाल झलल , शैलुंगे ठिटो बोल को आफ्नै गीत प्रस्तुति गर्दै उपस्थित
दर्शक तथा अतिथि हरुलाई छमछमी नचाउनु भएको थियो भने लोकदोहोरी गायिका ईश्वोरी
बुढाथोकी द्वार चरी गौथली बोल को गीत प्रस्तुत गर्नु भएको थियो l
कार्यक्रम मा कलाकार शुशील भुजेल मार्फत पाडे तथा शेर बहादुर देउबा ज्यु को क्यारिकेचर गर्नु भएको थियो भने कार्यक्रम मा परिबर्तशिल युवा समाज द्वार साउण्ड सिस्टम निशुल्क रुपमा उपलब्ध गराउनु भएको थियो l कार्यक्रम आयोजना गर्नको निमित्त आबश्यक आर्थिक सहयोगको निमित्त शिखर जनजागृति समूह प्रति आस्था र बिश्वास प्रकट गर्नुहुने महानुभाब हरुले सहयोग गर्नु भनेको थियो l सहभागी सम्पूर्ण कलाकार तथा काटाकुटी फुटबल क्लब द्वार आयोजना गरिएको रनिंग सिल्ड प्रतियोगिता मा प्रथम, दोस्रो तथा उत्कृष्ट खेलाडी हरुलाई संस्था को तर्फबाट मायाको चिनो मार्फत सम्मान गरिएको थियो l












No comments:
Post a Comment