सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Wednesday, 12 October 2022

दोलखाको शैलुङ ८का कृषकहरू बेमौसमी मकै खेतीतर्फ आकर्षित

शैलुङ गाउँपालिका ८ मा लगाईएको बेमौसमी मकै 
२०७९ असोज २६ गते

दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ८ को माथिल्लो भेगका कृषकहरू बेमौसमी मर्कै तर्फ आकर्षित हुन थालेका छन् । कम जमिनमा मनग्य उत्पादन हुने थालेपछि शैलुङका कृषकहरू बेमौसमी मकै खेती तर्फ आकर्षित हुन थालेका हुन् । विगतका वर्षहरूमा आलु खने पछि बाँझो रहने बारीमा अहिले मकै फलिरहेका छन् । वर्षे सिजनमा मकै उत्पदान कम हुने शैलुङमा बेमौसमी मकै भने राम्रो उत्पादन हुने गरेको स्थानीय सीतामाया बस्नेतले बताउनुभयो । मंसिर महिना पाक्ने गरेको मकै भने कोसेलीको रुपमा आफन्ताहरुलाई दिने र आफुहरुले खाने बाहेक बजारमा लगेर विक्रि वितरण गर्ने नगरेको विमला बस्नेत बताउनुभयो । असारमा आलु खनेर छरेको मकै मंसिर महिना सम्म पाक्ने गरेको छ,

विगत चार पाँच वर्षबाट आलु खनेर बेमौसमी मर्कै छर्ने गरेको किसान कमल बहादुर बस्नेको भनाई रहेको छ ।उहाँका अनुसार उक्त मकै राम्रो फल्ने गरेको छ । बेमौसमी मर्कै राम्रो उत्पादन गर्ने गरेका किसानहरुले मकैको विक्रि वितरण भन्ने गर्न सकेका छैन् । बेमौसमीमा उत्पादन भएको मकैलाई आम्दानी सँग जोडन् सकेको आलुबाट लाखौँ आम्दानी गर्दै आएका कृषकहरुले मकैबाट पनि राम्रो आम्दानी गर्न सक्ने निचिश्त छ । त्यसैले शैलुङका कृषकहरूको बारीमा उत्पादन हुने बेमौसमी मर्कैको विक्रि वितरणका लागि कृषक सँगै स्थानीय सरकारले पनि पहल गर्नु आवश्य छ ।


No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु