२०८० साल भाद्र ८ गते,
शैलुङ गाउँपालिका वडा नं ५ द्वारा रोजगारी तथा बिबिध कारणबस काठमाण्डौ, भक्तपुर तथा ललितपुरमा मा अस्थाई बसोबास गर्नुहुने वडाका नागरिकहरुको निमित्त पुरानो बानेश्वर स्थित कुमारी कम्प्लेक्स नजिक टंकप्रसाद आचार्य स्मृती प्रतिष्ठानको कार्यालयमा ८ र ९ गते दुई दिने अस्थाई सिविर संचालन गरिएको छ l उक्त सिविर मा नागरिकहरुले पंजीकरण व्यक्तिगत घटना दर्ता तर्फ जन्मदर्ता , मृत्यु दर्ता , बसाई सराई ,बिबाह दर्ता, सम्बन्ध बिच्छेद दर्ता, नागरिकता सिफारिस, अंग्रेजी डकुमेन्ट, घर जग्गा मालपोत कर, दुवै नाम थर प्रमाणित, उमेर पुग्नु भएका व्यक्तिहरुको निमित्त सामाजिक सुरक्षा भत्ता कार्ड तथा नवीकरण आदि वडा कार्यालय द्वारा प्रदान गरिने सम्पूर्ण सेवा हरु प्रदान गरीएको छ भने l उक्त सिविर संचालनमा काठमाण्डौ स्थित काटाकुटी समाज द्वारा आबश्यक ब्याबस्थापन मिलाईएको छ l






No comments:
Post a Comment