शैलुङ गाउँपालिका वडा नं ५ द्वारा काठमाण्डौ, भक्तपुर तथा ललितपुर आसपास क्षेत्रमा रोजगारीको शिलसिलामा बस्नुहुने वडा भित्रका नागरिक हरुको निमित्त व्यक्तिगत घटना दर्ता , जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण , नागरिकता प्रमाणपत्र सिफारिस लगाएत सेवा प्रवाहको निमित्त राखिएको २ दिनको सिविर कार्यक्रम सम्पन्न भएको छ l
उक्त सेवा सिविर कार्यक्रम मार्फत १५ जना व्यक्ति हरुले नागरिकता सिफारिस तथा प्रतिलिपि सिफारिस , सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण ३०, जन्मदर्ता १०, जन्म दर्ता प्रतिलिपि ४, शेयर नामसारी सिफारिस ५, मन्जुरीनामा ५, बिबाह दर्ता ४, नाबालक परिचय पत्र सिफारिस १, फरक फरक नाम थर प्रमाणित ५, नाता प्रमाणित सिफारिस ४, मालपोत कर असुल १५ वटा गरि जम्मा ९८ जना द्वार सेवा लिनु भएकोमा उक्त सिविरमा सेवा लिन आउनु भएका नागरिकहरुलाई सेवा बाट बन्चित नगराउने उदेश्य मुताबिक पूर्व निर्धारित समय भन्दा पनि अबेर सम्म सेवा दिईएको थियो l उक्त कार्यक्रम जनताबिचार पब्लिकेशन पुरानो बानेश्वरमा राखिएको सिविर को निमित्त कार्यालय उक्त पब्लिकेशनद्वारा निशुल्क उपलब्ध गराईएको थियो भने बाकि सम्पूर्ण ब्याबस्थापन काटाकुटी समाज ले गरिएको थियो l
उक्त सेवा लिन उपस्थित हुनु भएका नागरिक हरुले वडा कार्यालयको अतिनै
महत्वपूर्ण कार्य गरेको भन्दै खुसि ब्यक्त गर्नु भएको थियो सेवा ग्राहिमा काटाकुटी
गाबिसका पूर्व गाबिस अध्यक्ष जगन्नाथ कार्की देखि सबै सबै विभिन्न तह र तप्कामा
बसेर काम गरिरहनु भएका वडा भित्रका नागरिकहरुले सेवा लिनु भएको थियो l वडा द्वारा
आयोजना गरिएको २ दिने सिविर कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने जनाबिचार
पब्लिकेशन एण्ड रिसर्च सेन्टरका अध्यक्ष गोबिन्द प्रसाद दुलाल, काटाकुटी समाजका
समाजसेवी अगुवा व्यक्तित्व हरु प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै कार्यक्रम
सम्पन्न गरिएको छ l






No comments:
Post a Comment