सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Saturday, 30 September 2023

देशका लब्धप्रतिष्ठित व्यक्तिहरु एकसाथ दोलखा जिल्लाको शैलुङमा

दोलखा र रामेछापको सिमानाको पर्टकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारले स्पार्क एड्भेञ्चर २०२३ आयोजना गरेको हो। असोज ११ गते बिहीबार बिहान धुलिखेलको मिराबेल रिसोर्टमा पञ्चेबाजासहित एडभेञ्चरको  उद्घाटन गरिएको थियो । उद्घाटन पश्चात् २०० जनाभन्दा बढीको टोलीले शैलुङको यात्रा सुरू गरिएको थियो।

सय थुम्काहरूको संगम स्थल दोलखा जिल्लाको  शैलुङ धार्मिक, साँस्कृतिक, प्राकृतिक छटाहाले भरिपूर्ण  पर्टकीय क्षेत्र समेत हो भने शैलुङ सबैभन्दा फराकिलो हिमशृङ्खला देखिने उत्कृष्ट ‘हिल स्टेसन’ पनि हो। प्रकृति र पर्यावरणको उत्तम संगम स्थल रहेको शैलुङ पर्यटकीय हिसाबले पनि निकै महत्त्वपूर्ण रहेको आयोजकको भनाईरहेको थियो ।

प्रचुर पर्यटकीय संभावना रहेर पनि चल्तीको गन्तव्य नभएकाले उक्त स्थानको प्रचार प्रसारको लागि कार्यक्रम आयोजना गरिएको स्पार्क ग्रुपका जनरल म्यानेजर पदम पराजुलीको भनाइ छ। टोलीलाई रामेछापको दोरम्बामा जिल्लाका प्रशासनिक एवम् लब्धप्रतिष्ठित व्यक्तिहरूको साथमा स्थानीयले स्वागत ११ गते बेलुका नै गरेका थिए भने  त्यहाँको स्थानीय परिकारको स्वाद लिई शैलुङतर्फ प्रस्थान गर्ने क्याम्पीङ स्थलतर्फ अगाडी बढेको थियो l चौंरी गोठ र त्यहाँको गोठाले जनजीवन समेत अवलोकन गरिने भएकाले कार्यक्रमको नारा ‘वाइल्ड स्टे विथ चौँरी’ राखिएको हो ।

कार्यक्रममा क्याप्टेन विजय लामा,  निखिल उप्रेतीगायक यश कुमारकमेडियन सन्दीप क्षेत्री, कैलाश कार्कीनायिका गरिमा शर्मा, लेखक बुद्दिसागर चापागाई, कलाकार गायक प्रेमराजा महत , स्वानिका बास्तोला, डा रन्जित बराल, ट्राभलर सिर्जना सिज्जु लगायत उपस्थित विभिन्न प्रोफेसर लब्दाप्रतिष्ठित पाहुनाहरुलाई शैलुङ गाउँपालिकाको तर्फबाट भब्य जनसहभागिता सहित खादा ओढाएर असोज १२ गते शुक्रबार स्वागत गरिएको छ । स्वागत कार्यक्रममा महिलाहरुको पन्चे बाजातम्बा तथा पालिकाको जनप्रतिनिधिकर्मचारीको उपस्थिति रहेको थियो । अनौपचारिक रुपमा संचालित उक्त कार्यक्रममा कमेडियन सन्दिप क्षेत्रीले भन्नू भयो कि संसारको धेरै देश घुमे तर शैलुङ जस्तो सुन्दर ठाउँ अन्त कहि कतै नदेखेको बताउदै शैलुङ को पर्यटकीय बिकासको निमित्त सबैखाले सहयोग गर्न ईच्छुक रहेको प्रतिबद्धता ब्यक्त गर्नु भयो त्यसै गरि लेखक बुद्दिसागर चपाईले निकट भबिश्यमानै आध्ययनका पारखी हरुको निमित्त शैलुङको विशेष पुस्तक हात - हातमा पुर्याउने कुरा राख्नु भयो त्यस्तै कलाकार गरिमा शर्माले शैलुङ आफैमा सुन्दर भएकोले यसको सौर्न्दर्यतालाई कायम राख्दै बिकासको नयाँ आयाम थप्नु पर्ने जोड दिदै अहिले भएका सम्पुर्ण फोहर स्पार्क एड्भेन्चर मार्फत गर्नुपर्ने भन्दै आयोजक कम्पनिको ध्यान आकर्षन गराउनु भयो ।

त्यस्तै पाईलट बिजय लामाले बिकास निर्माणमा राजनैतिक दल भन्दा माथी उठेर बिकास निर्माणमा मनवचन र कर्म द्वार लाग्न जनप्रतिनिधिलाई सुझाउनु भयो । कार्यक्रममा प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी समेत सहभागी छन् । एड्भेञ्चरमा नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीआईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त वादेसँगै चिकित्सकविभिन्न दुतावासका प्रतिनिधिकुटनैतिक नियोगका प्रतिनिधि लगायत फरक फरक क्षेत्रका व्यक्तित्वहरूको सहभागीता रहेको थियो ।

यस किसिमको सहभागीता मुलक पर्यटन प्रवर्द्धन कार्यक्रम नेपालमै पहिलोपटक भएको आयोजकको दावी बताएको छ। कार्य ब्यस्तताले लोक गायक प्रेमराजा महत तथा मोडल रीना थापा मगर भने दोश्रो दिन मात्रै कार्यक्रममा सहभागी हुनु भएको थियो ।​ ‘साढे तीन दशकदेखि शैलुङमाथिको आकाशमा उड्दै ‘वाउ’ मात्रै भन्दै आएको थिएँअहिले प्रत्यक्ष रूपमा स्थलगत जादा एकदम एक्साइटड भएको छु’, क्याप्टेन लामाले भने।














 

No comments:

Post a Comment

पछिल्ला केहि पोष्ट हरु