क)
भौतिक पुर्बधार
तर्फ
-
स्वास्थ्य चौकी
सडक
काटाकुटी
स्वास्थ्य चौकी नजिक रहेको खोलामा नदि कटानको कारण सडक साघुरो भई सवारी साधन
ओहरदोहर गर्न समेत कठिनाई भएको मा उक्त खोलाको ह्युमापाईप माथी
सिमेन्ट मसलामा ढुंगाको २२ घनमिटर वाल लगाई १.१६ घनमिटर पी.सी.सी. गर्ने कार्य
सम्पन्न गरिएको छ l यस कार्यबाट सवारी साधनलाई हुने जोखिम मुक्त सडकको रुपमा
स्तरोन्नति भएको छ l
-
कृषि उपज संकलन
केन्द्र निर्माण
- कृषकहरु
बाट उत्पादित कृषि उपज संकलन गर्दै बजारिकारणमा सहजता होस भन्ने उदेश्यले पक्कि
भवन निर्माण कार्यको निमित्त शैलुङ गाउँपालिकाको १४ औ तथा १५ औ गाउँ सभा बाट जम्मा
गरी रु २५ लाख बिनियोजन भएकोमा उक्त रकमको प्राबिधिक स्टामेट बमोजिमको निर्माण
कार्य सम्पन्न हुदाँ समेत केहीकाम हरु रकम अभावको कारण हुन सकेको छैन l उक्त बाकि
अधुरो कार्य सम्पन्न गर्न यस आर्थिक बर्षमा बजेट ब्याबस्थापन गरी निर्माण कार्य
थालनी गरिनेछ भने उक्त भवनमा तोरी प्रशोधन, बेशार प्रशोधन लगाएत काम समेत सुरुवात
गरिनेछ l
-
वीरेन्द्र मावि
बाल उधान निर्माण
शैलुङ
गाउँपालिका वडा नं ५ को एक मात्र बिद्यालय बीरेन्द्र मावि मा अध्यनरत मसिना बालबालिकाहरुको
निमित खेल्दा खेल्दै सिक्न मनोरंजन सामग्री समेतको हरीत बालउधान निर्माणको निमित्त
भौतिक ब्याबस्थापनको कार्य सम्पन्न भएको छ l ३५ मिटर लामो तथा ७ मिटर चौडा भएको
उक्त उधानमा ३ वटा तहहरु बनाईएको छ भने माथिल्लो तहमा नेपालको नक्सा, राष्ट्रीय
चिन्हहरु लगाएतको डिजाईन गर्न मिल्ने गरी ४ मिटर चौडाई सहितको ७ मिटर लामो स्लोभ वाल उठाईएको छ l बाकि कार्यहरु यहि
आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न गरि यहि शैक्षिक वर्षा २०८१ भित्र बालउधान संचालनमा आउनेछ l
-
छहरे सिंचाई
ब्याबस्थापन
नेपाल
ग्रामिण पुनर्निर्माण संस्था RRN दोलखा द्वारा आर्थिक वर्षा २०७६/०७७ मा निर्माण गरिएको
सिंचाई पईपमा केहि प्राबिधिक समस्या देखा परेकोमा उक्त सिंचाईलाई मर्मत तथा थप
स्तरोन्नति सहित थप कृषि योग्य जमिनमा सिंचाई ब्याबस्थापन गर्न छिरुवा खहरे खोलाको
पानि संकलन गरी पईपलाईन वाट बिस्तार गरिएको छ lजस अन्तर्गत आर सिसि ढलान १.३०
घनमिटर गरिएको छ भने ६३ एम एमको सिंचाई पाइप ४६९ मिटर र ४० एम एमको १२४ मिटर पाईप
खरिद गरी जडान गरिएको छ l
-
तिनधारे कल्छे सिंचाई
कृषक हरुलाई सिंचाई गर्न पानीको त आबश्यकता पर्छ नै तर पनि भई रहेको पानि
पनि पक्कि कुलो नभएको कारण मुहान बाट खेतीयोग्य जमिनमा सिंचाई घन्टौ लाग्ने समस्या
बाट मुक्त गराउन भई रहेको कुलोमा ११ घनमिटर सोलिङ गरी २५ घनमिटर पिसिसी कुलो
निर्माण गरिएको छ l यस कार्यबाट कृषक हरुलाई प्रत्यक्ष्य रुपमा फाइदा पुग्ने
देखिन्छ l भने आगामी आर्थिक बर्षमा समेत निरन्तरता दिनु पर्ने देखिएको छ l
-
पाखाघर खानेपानी आयोजना
यस कार्य अन्तर्गत सानाचौर जितपुर खानेपानी तथा ढाडे पयुडाडा खानेपानी
आयोजना निर्माण हुदै गर्दा समेत छुटेको पाखाटोलको दुई वटा घरको निमित्त ब्यबस्थित
पिउने पानीको लागि ट्याङ्की तथा धारा निर्माण कार्य सम्पन्न गरिएको छ l
-
विकटोल जितपुर सडक सोलिङ
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत शैलुङ गाउँपालिकाको महाघडेरी
स्थित विकटोल देखि जितपुर सम्म सडक सोलीङ् जोड्ने कार्य गरिएको छ यस कार्य बाट
कुनै पनि समयमा बिरामी पर्दा एम्बुलेन्स वा हरेक सवारी साधन संचालनको निमित्त सहज
सडक स्तरोन्नति भएको छ l जस अन्तर्गत २२२ मिटर सोलीङ कार्य भएको छ l
-
गाउँघर क्लिनिक भवन ब्याबस्थापन
काटाकुटी स्वास्थ्य चौकी देखि टाढा रहेको बस्ती गोल्म़ा डाडा, थाली तथा
बाहुन गाउँ आसपासका गर्भवती, सुत्केरी, जेष्ठ नागरिक तथा बालाबालिकाहरुको नियमित
मासिक स्वास्थ्य जाच तथा औषदी वितरणको निमित्त संचालनमा आईरहेको गाउँघर क्लिनिक
भवनलाई ब्याबस्थित रुपमा संचालन गर्न "देखिने डाडा" मा गाउँघर क्लिनिक
भवन निर्माण सम्पन्न गरिएको छ l
-
मुलधारा प्वारटोल सडक
वडाकार्यालय बाट गैरघर टोल – मुलधारा – बोचली टोल हुदै बिस्तार गरिएको
सडकमा बर्षाको समयमा हिलाम्म्यै भई त्यस सडक हुदै हिडडुल गर्ने सम्पूर्ण
व्यक्तिहरुलाई असहज भएको तथा कुनै पनि सवारी साधन संचालन हुन् नसक्ने अबस्थामा
रहेको सडकलाई सोलिंङ गर्दै स्तरोन्नति गर्ने कार्य सम्पन्न गरिएको छ l
-
जितपुर छहरे सडक
शैलुङ गाउँपालिका – वडाकार्यालय हुदै छहरे सम्म जोड्ने सडक अन्तर्गत लामाटोल
देखि वर छरछरे खोला चौतारा सम्म सडक सोलीङ नहुदा छहरे निवासी आमा बुबा, दाजुभाई
तथा दिदि बहिनीहरुले बेहोर्दै आएको सास्तीलाई मध्यनजर गरी सडक सोलिङ गर्ने कार्य
सम्पन्न भएको छ भने उक्त सडकमा लामाटोल तर्फ करिब २०० मिटर सोलिंङ हुन बाकि रहेको
छ l
-
महाघडेरी जितपुर सडक
वडा कार्यालय हुदै जितपुर बाट महाघडेरी बस्ती स्तरको सडक सोलिंङ गरिएको छ
भने यस कार्यवाट बार्है महिना महाघडेरी बस्ति सम्म सवारी साधन संचालन हुन् सक्ने
गरी स्तरोन्नति भएको छ l जितपुर आसपासमा शैलुङ एग्रो लाईभ स्टक फर्म बाट
ब्याबसायिक रुपमा उत्पादित लाखौको तरकारीलाई बजारसम्म पुर्याउनको निमित्त सहजता
सृजना गरेको छ l
-
पानीघाट बुढासेरा कृषि सडक
शैलुङ गाउँपालिकाको सम्वृद्धिको आधारको रुपमा लिएको एक मात्र कृषि सडक
स्तरोन्नति अन्तर्गत निरन्तर सोलिङ कार्य गरिदै आएको छ l यहि प्रक्रिया अन्तर्गत
यस आर्थिक बर्षमा पनि करिब ५४० मिटर सोलीङ गरिएको छ भने आउने आर्थिक बर्षमा यो सडक
पूर्णरुपले स्तरोन्नति हुनेछ l यस कार्यबाट कृषक हरुले मल, बिउ तथा उत्पादित धान,
पराल ओसारपसार गर्न धेरै सहयोग पुग्नुको साथै खेतबारी बाझो हुने परिणाममा केहि
सुधार आएको छ l
-
देवीथान जिरोकिलो मन्दिर निर्माण
सबैको आस्थाको केन्द्रबिन्दुको रुपमा रहेको देवीथान जिरोकिलो मन्दिर
निर्माणव कार्य सम्पन्न भएको छ l उक्त मन्दिरमा माघे संक्रान्तिको दिनमा बिशेष
जात्रा लाग्ने गरेको छ भने भक्तालु तथा श्रदालुहरुलाई रातभरी बत्ती बालेर जाग्राम
बस्ने कुनै ठाउँ नभएको तथा खोल्सी भएको कारण असहज भएको थियो l उक्त स्थानमा
खोलालाई जमिनमुनि हुने गरी मेसनरी वाल तथा स्ल्याब बनाएर आबश्यक निर्माण कार्य
बनाइएको छ l
-
वडा स्तरीय सडक मर्मत
यस योजना अन्तर्गत खकाले गाईघाटको उकालो सडकमा खाली तथा लोड भएको सवारी
साधन संचालनमा सधैभरी समस्या भए सगै यस आर्थिक वर्षको सुरुमा नै सोलीङ कार्य
गरिएको छ l यस कार्यबाट सवारी साधन संचालनमा सहजता भई गाईघाट –घोक्सिला हुदै
सदरमुकाम चरिकोट सम्म पुग्ने ब्यक्तिताहरुको निमित्त सहज भएको छ l
-
खेलकुद पूर्वाधार निर्माण
शैलुङ गाउँपालिकाको एक मात्र खेलकुद पुर्बधार निर्माण अन्तर्गत साबिक
काटाकुटी स्वास्थ्य चौकी नजिक रहेको निर्माणाधीन सानाचौर खेल मैदानमा प्राबिधिक
स्टामेट बमोजिमको ३१४ घनमिटर ढुंगाको ग्याबिंग जाली भर्ने कार्य गरिएको छ l
ख)
कृषि तथा पशुपन्छी तर्फ
तोरी पेल्ने मेसिन, फलफूलमा लाग्ने रोग किरा नियन्त्रण गर्नको निमित्त फुट
स्प्रेयर तथा बेसार प्रसोधन गर्न आबश्यक मेसिन युगान्तकारी कृषि सहकारी तथा
गाउँपालिका बाट वडागत छुट्याईएको रकमको आर्थिक साझेदारीमा गाउँपालिका द्वारा खरिद
गरी वितरण गरेको छ l यस कार्यबाट कृषक हरुमा तोरी खेती गर्न उत्प्रेरणा जाग्नेछ l
माहुरीको घार वितरण गरीएको छ l वडा कार्यालय र कृषकको आर्थिक साझेदारीमा
मौरी सहितको घार तथा खालि घार वितरण गरिएको छ l यस कार्यलाई आगामी बर्षमा समेत
कृषकको आर्थिक सम्वृद्धि सग जोडेर कार्यक्रम बनाइनेछ l निसुल्क रुपमा कृषकको माग
निवेदनका आधारमा सुन्तला, कागती, जुनार, एभोकाड़ो जस्ता फलफूलका बिरुवा वितरण
गरिएको छ l साथै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत नमुना मुलाधारा
कृषक समूहको किवी बगैचाको निमित्त थोपा सिंचाई तथा थाक्राको ब्याबस्थापन गरिएको छ
l
पशु पन्छी तर्फ नश्ल सुधारको निमित्त शैलुङ गाउँपालिका वडा नं ५ मा रहेका
साबिकका वडाहरुको भेग र भूगोललाई मध्यनजर गरि ७ वटा बोयर जातका बोका कृषक र वडा
बीच आर्थिक साझेदारीमा गाउँपालिकाले खरिद गरी वितरण गरिएको छ l भने गाई, गोरु तथा
भैसी जस्ता ठुला चौपाया हरुको निशुल्क बिमा गरेको छ भने सुत्केरी पशुको सुत्केरी
भत्ता वितरण गरिएको छ l त्यसै गरी ब्याबसायिक बंगुर पालन गर्दै आउनु भएका सुगम
पशुपन्छी फर्म तथा छहरे मा रहेको बंगुर फर्म को निमित्त आर्थिक साझेदारीमा दाना
बनाउने मेसिन वितरण गरिएको छ l
ग)
शिक्षा तर्फ
बीरेन्द्र
मावि खेलमैदान निर्माण
यस योजना अन्तर्गत ५ लाख रुपैयाको प्राबिधिक स्तामेट बमोजिमको वीरेन्द्र
माध्यमिक विद्यालयको खेलमैदानको छेउ पटिको भागमा तारजाली ग्याबीङ्ग ढुंगा भर्ने
कार्य सम्पन्न भएको छ भने उक्त खेलमैदानलाई स्तरोन्नति गर्न थप बजेट आबश्यक पर्ने
देखिएको छ l
शैक्षिक
गुणस्तर सुधारको निमित्त शैक्षिक भ्रमण
यस योजना अन्तर्गत बदलिएको परिवेश तथा देश र बिदेशमा सम्भावित रोजगारीको
अवसर एबं त्यहिँ आबश्यकतालाई परिपूर्ति गर्न सक्ने क्षमतावान व्यक्तित्व उत्पादनको
निमित्त शैक्षिक गुणस्तर सुधार गर्नु पर्ने बर्तमान अबस्थालाई मध्यनजर गरी विद्यालयको
शिक्षा साग सरोकार राख्ने सरोकारवाला पक्षहरु सम्पूर्ण शिक्षक, कर्मचारी, प्रतिनिधित्व मुलक
बिद्यार्थी, अभिभाबक संघ, बि ब्यास, वडा समिति, शैलुङ गाउँपालिका शिक्षा साखा प्रमुख, गापा अध्यक्ष सहितको टोलि
द्वारा २०८० बैशाख १६,१७ र १८ गते गरी तिन
दिन गरिएको भ्रमणमा मेलम्ची घ्याङ् माबी ,
डहु माबी तथा मन्थली मावि रामेछापको शैक्षिक अबलोकन गरिएको थियो l
पाचौ राष्ट्रपति
रनिंग शिल्ड
शैलुङ गाउँपालिका अन्तर बिद्यालय स्तरीय पाचौ राष्ट्रपति रनिंग शिल्ड
प्रतियोगिता अन्तर्गत आयोजित २९ विधाका खेलहरु मध्ये १२ स्वर्ण, ६ रजत र २ कास्य
पदक सहित दोश्रो पटक लगातार रनिंग शिल्ड जित्न सफल भएको छ l
शिक्षा तर्फ यस बिद्यालय शैलुङ गाउँपालिका द्वार लिएको पालिका स्तरीय कक्षा
८ को शैक्षिक वर्ष २०८० मा १४ बिद्यालय मध्ये परिक्षामा उत्कृष्ट नतिजा निकाल्दै
प्रथम हुन् सफल भएको छ भने एस.ई.ई. परिक्षामा ५०% उतिर्ण गराउन सफल हुदै दोश्रो स्थान प्राप्त गरेको छ l
घ)
बिबिध तर्फ आगामी बर्षमा कलाघर निर्माणको निमित्त बाद्यबादन सामग्री खरिद
खारिएको छ भने थलथले छिपछिपे बुकुनागी खानेपानी तथा बोदले काटाकुटी सिंचाईको
डीपीआर गरिएको छ l
 |
| विजया दशमी २०८० को अबसरमा आयोजित वडा स्तरीय फुटबल |
 |
| वीरेन्द्र मावि को ६४ औ अभिभाबक भेला |
 |
| शैलुङ गाउँपालिका को पाचौ राष्ट्रपति रनिंग शिल्ड जितेपछि तस्विर |
 |
| हरित बिद्यालय निर्माणको निमित्त रोपिएका बिरुवालाई लगाईएका घेराबार |
 |
| वीरेन्द्र माविमा लगाईएको विरुवा |
 |
| वीरेन्द्र माविमा लगाईएको विरुवा |
 |
| वीरेन्द्र माविमा सुरुवात गरिएको माहुरी पालन |
 |
| वीरेन्द्र माविमा बिरुवा रोप्दै |
 |
| वीरेन्द्र माविमा बिरुवा रोप्दै |
 |
| वीरेन्द्र माविमा गरिएको किवी खेती |
 |
| कलाघर निर्माणको निमित्त ब्याबस्थापन गरिएका बाद्ययबादनका सामग्री |
 |
| घट्टेखोला मर्मत कार्य सम्पन्न |
 |
| कृषक र वडा कार्यालय बीच आर्थिक साझेदारीमा मौरीको घार वितरण |
 |
| कृषक र वडा कार्यालय बीच आर्थिक साझेदारीमा मौरीको घार वितरण |
 |
| बोदले काटाकुटी सिंचाईको निमित्त डीपीआर गरिदै साथमा प्राबिधिक टिम |
 |
| खकाले फस्कु खोला ट्रस्ट पुल निर्माण सम्पन्न |
 |
| शैलुङ गाउँ पालिका वडा नं ५ मा रहेको वीरेन्द्र मावि |
 |
| सुत्केरी पशु धनी कृषकलाई सुत्केरी सुत्केरी भत्ता उपलब्ध गराउदै |
 |
| तिनधारे कल्छे सिंचाई अन्तर्गत पक्कि नाला को अनुगमन गर्दै |
 |
| किवी बैगैचामा जडान गरिएको थोपा सिंचाईको अनुगमन गर्दै |
 |
| नमुना मुलाधारा कृषक समुहको किवी बगैचामा थाक्रा जडानको अनुगमन गर्दै |
 |
| वीरेन्द्र माध्यमिक विद्यालयको शैक्षिक भ्रमण २०८० |
 |
| वीरेन्द्र माध्यमिक विद्यालयको शैक्षिक भ्रमण २०८० |
 |
| खकाले ट्रस्ट पुल निर्माणको निमित्त ढुंगा कुददै |
 |
| बोदले काटाकुटी सिंचाईको निमित्त सम्भावनाको खोजि गर्दै |
 |
| वीरेन्द्र मावि मा रहेको किवी बगैचा |
 |
| विरेन्द्र मावि मा निर्माणाधीन बाल उधान |
 |
| काटाकुटी स्वास्थ्य चौकी सडक स्तरोन्नति अन्तर्गत लगाईएको मेसनरी वाल |
 |
| देखिने डाडामा निर्माण सम्पन्न गाउँघर क्लिनिक भवन |
 |
| जितपुर छहरे सडक निर्माण सम्पन्न पश्चात मुल्यांकनको निमित्त सडक नाप्दै |
 |
| छहरे मा रहेको बंगुर फर्मको स्थलगत अनुगमन गर्दै |
 |
| सुगम बंगुर फर्म मा जन्मिएका बच्चाहरु |
 |
| वीरेन्द्र मावि खेलमैदान स्तरोन्नति अन्तर्गत ग्याबिंग वाल लगाउदै |
 |
| मूल धारा बोचाली टोल सडक स्तारोनती को अबलोकन गर्दै |
 |
| देवीथान मन्दिर निर्माण सम्पन्न पश्चात प्राबिधिक टोलि सहित मुल्यांकाँ उठाउदै |
 |
| महाघडेरी जितपुर सडक स्तरोन्नति कार्य सम्पन्न |
 |
| बिद्यालय स्तरीय पाचौ रास्ट्रपति रनिंग शिल्ड जिते पछिको उल्लास |
 |
| बिद्यालय स्तरीय पाचौ रास्ट्रपति रनिंग शिल्ड जिते पछिको उल्लास |
 |
| रनिंग सिल्ड प्रदान गर्नुहुदै समन्वय समितिका सभापति बर्जुराम घतानी |
 |
| बिद्यालय स्तरीय पाचौ रास्ट्रपति रनिंग शिल्ड जिते पछिको उल्लास |
 |
| बिग्रीएका सडक हरु मर्मत गरिदै स्थान निउरे खोला |
 |
| विजया दशमीको अबसरमा आयोजित वडास्तरीय खेलकुदको झलक |
 |
| जन श्रमदान मार्फत वडा भित्रका सडक को दाया बाया झाडीहरु सरसफाई गर्दै |
 |
| विद्युतको नाङ्गो तारलाई बिस्थापित गर्दै केवल तार बिस्तार गर्दै |
 |
| काटाकुटी स्वास्थ्य चौकी भवन उद्घाटन तथा सेवा सुचारु कार्यक्रमको झलक |
 |
| काटाकुटी स्वास्थ्य चौकी भवन |
 |
| चर्नावती गाईघाटको अप्ठेरो सडकमा सोलिंग कार्य सम्पन्न पछी नाला काट्दै |
 |
| विद्यालयको ६४ औ बार्षिकोत्सबको अबसरमा सम्मान गर्नु हुदै माननीय भारत बहादुर केसी |
 |
| विद्यालयको ६४ औ बार्षिकोत्सबको अबसरमा सम्मान गर्नु हुदै माननीय भारत बहादुर केसी |
 |
| विद्यालयको ६४ औ बार्षिकोत्सबको अबसरमा सम्मान गर्नु हुदै माननीय भारत बहादुर केसी |
No comments:
Post a Comment