८ श्रावण २०८१,
सेवा प्रवाहमा शैलुङ गाउँपालिका वडा नं २,४,५ र ८
द्वारा संचालित शिविरमा सेवाग्राहीहरुले आबश्यकताको आधारमा सेवा लिई राखेका थिए । वडा अध्यक्ष सहित वडामा कार्यरत कर्मचारीहरुको
उपस्थिति सहित सेवा प्रबाह कार्यक्रमको बारेमा
खुलेरै आम उपस्थित नागरिकहरुले प्रशंसा गर्नु भएको छ । शिविरको पहिलो र दोश्रो दिन सेवा ग्राही हरुको
बाक्लो उपस्थिति रहेको थियो भने सेवालाई थप प्रबाहमुखी बनाउनको निमित्त शैलुङ ५ का
वडा सदश्य नवराज कार्की अहोरात्र खटी रहनु भएको थियो ।
गत आर्थिक बर्षमा बिभिन्न वडाहरुले भिन्न-भिन्न
समयमा छुट्टा छुट्टै स्थानमा सेवा प्रबाह गर्दा काठमाडौं, भक्तपुर, ललितपुरका बिभिन्न स्थानमा
रोजगारीको सिलशिलामा रहनु भएका ब्यक्तीहरुलाई २/३ वटा सार्बजनिक यातायातका साधनहरु
फेर्नु पर्ने समस्यालाई मध्यनजर गरी यस पटक शैलुङ गाउँपालिकामा रहेका ८ ओटा वडा
हरु मध्ये ४ वटा वडा कार्यालय द्वारा एकै स्थानबाट सबै स्थानबाट सहज यातायातको
ब्याबस्थापन हुन् सक्ने राजधानीको मुटु बागबजार बाट सेवा दिईएको हो । गाउँमा रहेका
युवाहरु रोजगारको निमित्त शहर तथा विदेश जाने प्रक्रिया नरोकिएको तथा गाउँमा रहेका
जेष्ठजनहरु समेत स्वास्थ्यको कारण शहर केन्द्रित भएको अबस्थामा सामाजिक सुरक्षा
भत्ता कार्ड नवीकरण तथा बिबाह दर्ता प्रक्रियामा दुलाह दुलही दुवै जना उपस्थित
हुनु पर्ने, राष्ट्रीय परिचय पत्र निर्माणको निमित्त आबश्यक कागजपत्रहरु
नभएको कारण समस्यामा पर्नु भएका करिब ३५० जना सेवाग्राही हरुले लाभ लिनु भएको भएको
छ ।
साथै वडा कार्यालय द्वारा संचालन गरिएको कार्यक्रमको
निमित्त कार्यकक्ष तथा अन्य ब्याबस्थापन निशुल्क रुपमा उपलब्ध गराउनु भएकोमा
सिन्ह्वा एजुकेशन एकेडेमी द्वारा आयोजित एक औपचारिक कार्यक्रममा शैलुङ गाउँपालिकाको
सेवा प्रबाह शिविरमा उपस्थित वडाकार्यालयहरुको तर्फ बाट खादा लगाई मायाको चिनो
स्वरूप सम्मान पत्र उक्त एकेडेमीका प्रोपाईटर प्रेम गुरुङ ज्यूलाई प्रदान गरिएको
थियो उक्त कार्यकक्षा ब्याबस्थापनको निमित्त शैलुङ गाउँ पालिका वडा नं ५ का
जननिर्वाचित प्रतिनिधि नवराज कार्कीले गर्नु भएको थियो ।

























No comments:
Post a Comment