सुचना

ताजा सुचना
आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण l सरुवा भई जान लाग्नु भएका वडा सचिवको बिदाई कार्यक्रम सम्पन्न l बुहारी बचाउन सासुले गर्नु भयो मृगौला दान l शैलुङ ५ का मृगौला रोगबाट पिडितहरुको उपचार्थ सहयोग जुटाउने अभियान सुरुवात l शैलुङ गाउँपालिका वडा नं ५ ले वडा कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिको निमित्त काठमाण्डौमा भदौ ८ र ९ गते अस्थायी सेवा प्रबाह सिविर गर्दै l वडाकार्यालय तथा स्वास्थ्य चौकीमा स्तनपानमैत्री कक्षाको निर्माण गर्ने प्रतिबद्दता गर्दै विश्व स्तनपान सप्ताह दिवस कार्यक्रम सम्पन्न l स्वास्थ्य महिला स्वयंसेविक हरुलाई झोला तथा छाता वितरण कार्यक्रम सम्पन्न l स्वास्थ्य सिविर सम्बन्धी जरुरी सुचना l सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धमा जरुरी सुचना l शैलुङ गाउँपालिका द्वार आर्थिक बर्ष २०८०/०८१ को निमित्त तोकिएको राजश्व दर l आर्थिक बर्ष २०७९/०८० मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका गाउँपालिका, प्रदेश तथा संघ स्तरका योजना हरुको पूर्ण विवरण l पितृको सम्झनामा २ लाख ३७ हजार ७ सय ७० रुपैया लागतमा प्रतिक्षालय निर्माण l समुदाय स्तरमा जनस्वास्थ्य सग सम्बन्धित विवरण संकलन गरिदै l व्यक्तिगत लगानीमा कुलघर निर्माण सहित देवाली पुजा सम्पन्न l नयाँ बर्ष २०८० सालको शुभकामना l १९ औ महिला स्वास्थ्य स्वयंसेवी दिवस कार्यक्रम सम्पन्न l सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न l

शैलुङ गाउँपालिका ५ काटाकुटी तस्विर ग्यालरी

Friday, 23 August 2024

शैलुङ गाउँपालिकाको वडा कार्यालय द्वारा काठमाडौंमा संचालित वडा शिविरमा ब्यापक सेवा ग्राही उपस्थित

८ श्रावण २०८१,

शैलुङ गाउँपालिकाको विभिन्न वडा कार्यालय द्वारा काठमाडौंमा रहेका आफ्ना सेवा ग्राहिहरुको आबश्यकतालाई ध्यानमा राखी अस्थायी सेवा शिविर संचालन गरेको  छ । उक्त सेवा शिविर बाट सेवा ग्राहीहरुले व्यक्तिगत घटना दर्ता अन्तर्गत जन्म दर्ता, बिबाह दर्ता, बसाई सराई, सम्बन्ध दर्ता, मृत्यु दर्ता त्यसैगरी विभिन्न अंग्रेजी नेपाली सिफारिस तथा प्रमाणित, घर जग्गा / मालपोत कर (तिरो), सामाजिक सुरक्षा भत्ता कार्ड नबिकरण तथा नया वितरण जस्ता सेवाहरु उपलब्ध गराईएको  उक्त सेवा श्रावण ६ गते देखि सिन्ह्वा एजुकेशन एकेडेमी बागबजारमा श्रावण ८ गते शनिबार सम्म संचालित भएको थियो  

Thursday, 25 July 2024

आर्थिक वर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा गरीएका बिकास निर्माणका कार्यहरु

क)     भौतिक पुर्बधार तर्फ

-       स्वास्थ्य चौकी सडक

काटाकुटी स्वास्थ्य चौकी नजिक रहेको खोलामा नदि कटानको कारण सडक साघुरो भई सवारी साधन ओहरदोहर गर्न समेत कठिनाई भएको मा उक्त खोलाको ह्युमापाईप माथी सिमेन्ट मसलामा ढुंगाको २२ घनमिटर वाल लगाई १.१६ घनमिटर पी.सी.सी. गर्ने कार्य सम्पन्न गरिएको छ l यस कार्यबाट सवारी साधनलाई हुने जोखिम मुक्त सडकको रुपमा स्तरोन्नति भएको छ l

-       कृषि उपज संकलन केन्द्र निर्माण

-   कृषकहरु बाट उत्पादित कृषि उपज संकलन गर्दै बजारिकारणमा सहजता होस भन्ने उदेश्यले पक्कि भवन निर्माण कार्यको निमित्त शैलुङ गाउँपालिकाको १४ औ तथा १५ औ गाउँ सभा बाट जम्मा गरी रु २५ लाख बिनियोजन भएकोमा उक्त रकमको प्राबिधिक स्टामेट बमोजिमको निर्माण कार्य सम्पन्न हुदाँ समेत केहीकाम हरु रकम अभावको कारण हुन सकेको छैन l उक्त बाकि अधुरो कार्य सम्पन्न गर्न यस आर्थिक बर्षमा बजेट ब्याबस्थापन गरी निर्माण कार्य थालनी गरिनेछ भने उक्त भवनमा तोरी प्रशोधन, बेशार प्रशोधन लगाएत काम समेत सुरुवात गरिनेछ l 

Monday, 22 July 2024

आर्थिक बर्ष २०८०/०८१ मा शैलुङ गाउँपालिका वडा नं ५ मा कार्यन्वयन भएका योजना तथा आयोजना हरुको विवरण


क्र.स

योजनाको नाम

रकम रु

संस्था / अध्यक्षको नाम

कृषि उपज संकलन केन्द्र

१५०००००

रत्न बहादुर तमाङ

विरेन्द्र माबी बालउधान निर्माण योजना

३०००००

निर बहादुर तमाङ

गाउँ घर क्लिनिक भवन निर्माण देखिनेडाडा

३०००००

सन्जय खत्री

जितपुर छहरे लामाटोल सडक

८०००००

लाल बहादुर तमाङ

पानीघाट बुढासेरा कृषि सडक

११०००००

लाल बहादुर बिश्वकर्मा

मुलधारा प्वारटोल घ्याङडाडा सडक

७०००००

गणेश बहादुर खड्का

पछिल्ला केहि पोष्ट हरु