२०७९ साउन ६ गते
देश ब्यापी परिरहेको अविरल बर्षादको कारण शैलुङ गाउँपालिका ५ काटाकुटी को बिभिन्न वस्ती हरुमा भुक्ष्य पहिरो गएको छ l वडाको छहरे बस्तीमा तेज बहादुर तमाङको घर मुनि रहेको सडकको भित्तो खस्दा घर नै जोखिम मा छ भने बुद्द तमाङको घर माथि बाट आएको पहिरोले एक तले घर को भित्ता पटिको आधा भाग गाह्रो पुरिएको छ l बिहानै वडा अध्यक्ष सहित सदश्य चम्सुरी कार्की र वडा को कर्मचारी साजन बुढाथोकी सहित स्थानीय व्यक्ति हरुको उपस्थितमा सामान्य पहिरो पन्छाउने कार्य गरिएको छ भने थप राहत को निमित्त वडा कार्यालमा सिफारिस लिएर गाउँपालिका मा जानहुन अनुरोध गरिएको छ lत्यसै गरी
बाहुनागाउँ स्थित तुलसी प्रसाद दाहालको घर छेउमा गएको पहिरोले बाटो अबरुद्द छ भने
घर नै जोखिम मा रहेको छ l त्यहि नजिकै रबिना खत्री को भूकम्प पश्चात बनाईएको
भूकम्प प्रतिरोधी शौचालय अत्याधिक बर्षादको कारण जमिन भासिन गई शौचालय भत्किने
अबस्थामा रहेको छ भने थालीमा सडक भित्तामा पहिरो खस्दा विजुली बत्तिको पोल समेत
खस्न लागेको हुदा हुन् जाने क्षेतिलाई तत्काल रोक्न बिद्युत प्राधिकरणका
कर्मचारीलाई आजै पोल सार्न अनुरोध गरिएको छ l



No comments:
Post a Comment