![]() |
| विपद पछी उद्दारमा खटिएका उद्दारकर्मी स्वयंसेवक दस्ता |
शैलुङ
गाउँपालिका ५ काटाकुटी स्थित श्री वीरेन्द्र माध्यामिक बिद्यालयमा विपद को समयमा
हुन सक्ने जोखिम लाई न्यूनीकरण तथा राहत उद्दार एबं अस्थाई शिक्षण सिकाई केन्द्र
संचालन कसरी गर्न सकिन्छ भन्ने जानकारी मुलक नाटक प्रदर्शन सीडीएफ नेपाल को आर्थिक
सहयोगमा दोलखा जिल्ला रेडक्रस अन्तर्गत का प्राथमिक उपचार केन्द्र को प्राबिधिक सहयोगमा
सम्पन्न भएको छ l
उक्त
कार्यक्रम अन्तर्गत हिजो बिद्यालयका शिक्षक, बिद्यार्थी, ब्यापस्थापन समितिका
पदाधिकारी समेत लाई सहभागी गराई विपदको बारेमा जानकारी गराईएको थियो भने आज नाटकीय
रुपमा कृतिम भूकम्प पैदा गराईएको थियो त्यस्तै बिद्यालय आसपास मा निर्मित अस्थाई पाले घर मा
कृतिम आगो लगाईएको थियो l उक्त दुई घटना
मा परि घाईते भएका बिद्यार्थी अबस्था पहिचान तथा उनीहरुको हरुको उद्दार मा
खटीरहेका उद्दारकर्मी द्वार प्राथमिक स्वास्थ्य केन्द्र सम्म स्टेचर मा हालेर
लैजादै गर्दा घाईतेहरुको मुख बाट
निस्किएका ती कारुणिक शब्द एबम त्यहाको माहोल ले सबैलाई आत्यासलाग्दो बनाएको थियो
l हामीले सुनी रहेका थियौ सिठ्ठी बजीरहेको थियो l घाईते छटपटाइरहेका थिए l कराई
रहेका थिए l सुचना अधिकारीको रुपमा कृष्ण प्रसाद ढुंगेल उद्दारकर्मी तथा
एम्बुलेन्स लाई छिटो आउनुपर्यो भन्दै आत्तिएर फोन गरि रहेका थिए l स्टेचरमा घाईते
बिरामी बोकिरहेका थिए उता नर्स हरु घाईतेलाई ढाडस दिदै केहि हुदैन नआत्तिनुहोस
भन्दै उपचार गरिरहेका थिए l
यो दृश्य
हेरिरहदा बिद्यालयमा आज ठुलो अप्रिय घटना घटे जस्तो लागि रहेको थियो l यसै बीच
एम्बुलेन्स को ब्याबस्था नभए पनि एम्बुलेन्स को साईरन बजिरहदा माहोल थप अचम्मित
बनाएको थियो l यसै बिच सबै बिरामी तथा घाईते हरुको उपचार पश्चात विद्यालयको भौतिक
संरचना भूकम्पले पूर्ण क्षेती भए पश्चात अस्थाई शिक्षण सिकाई केन्द्र कसरी निर्माण गर्ने र पढाई निरन्तर रुपमा कसरी संचालन
गर्ने भन्ने बिषयमा विभिन्न संघ सस्था , बिद्यालय ब्याबस्थापन समिति, शिक्षक
प्रतिनिधि तथा स्थानीय वडा सरकार बीच को बैठक मा आ-आफ्नो तर्फ बाट अब हामि हाम्रो
तर्फ बाट यसो गर्छौ भन्दै प्रतिबद्दता जनाउदाको काल्पनिक बैठक ले झन सबैको ध्यान
खिचिरहेको थियो l यस कार्यक्रममा रेडक्रस
को तर्फबाट सिबजी प्रधान र केशब सेढाई को उपस्थित थियो त्यस्तै सीडीएफ को तर्फबाट सामाजिक परिचालिका जमुना खड्काको
उपस्थिति थियो l उद्दारकर्मिको रुपमा रत्न बहादुर तमाङ, कन्चन ढुंगेल , गणेश बिशुंके,
उषा बस्नेत हुनुहुन्थ्यो भने उपचारमा नर्स साधना थापा, सरिता बस्नेत र
चन्द्रकला लामा ले आ – आफ्नो जिम्मेवारी कुशलातापुर्बक निर्वाह गर्नु भएको
थियो l त्यस्तै शिक्षिका जयन्ती धामी र लक्ष्मी केसी उद्दारको निमित्त अपिल गर्दै
आफ्नो कला प्रस्तुत गर्नु भएको थियो l
कार्यक्रम
सम्पन्न पश्चात भएको समिक्षा बैठक मा विपद जुनसुकै समयमा पनि आउन सक्छ , उक्त विपदमा
परेका व्यक्तिको तत्काल उद्दार तथा उपचार सगै सामान्य अबस्थामा फर्काउनको निमित्त पुर्बतयारी
स्वोरुप आबश्यक श्रोत र साधनको उचित ब्याबस्थापन
गरिनुपर्छ भन्ने कुराको शिक्षा दिएको छ भन्ने निष्कर्ष निकाल्दै सीडीएफ
सस्था द्वार बिध्यालयलाई हेल्मेट १० थान, डोरी एक रोल, बुठ १० जोर, पिक ४ वटा,
सावेल ४ वटा, फाएरिंग ग्यास १ वटा, स्टेचर २ वटा, बाल्टी १० वटा तथा प्राथमिक
उपचार का औषधि हरु सहयोग स्वोरुप प्रदान गरिएको थियो l 
विपद ब्याबस्थापन सम्बन्धी सिम्बुलेसन कार्यक्रम हेर्दै 
प्रधानाध्यापक खेमराज भट्टराई सहित सिडीएफ का रबि चैलागाई
![]() |
| भूकम्प पछी बत्तीको लाई सर्ट भएर आगोलागी हुदै |
![]() |
| घाईते बिरामी हरुको प्राथमिक उपचार गरिदै |
![]() |
| गम्भीर तरिकाले अबलोकन गर्नु हुदै बिद्यालयका नर्स साधना थापा |
![]() |
| घाईते बिरामी हरु को उपचार हुदै |








No comments:
Post a Comment