२०७९ साउन
५ गते
 |
| खोप लगाउनु हुदै अनमी चण्डिका न्यौपाने |
शैलुङ
गाउँपालिका ५ स्थित काटाकुटी स्वास्थ्य कार्यालयमा उपस्थित भई खोप लगाउन नसक्ने
जेष्ट नागरिक , अशक्त तथा अपांग भएका व्यक्तिहरुको पहिचान को आधारमा सम्बन्धित
व्यक्तिको घरमा गएर सुरक्षित तवरले खोप लगाउने कार्य सम्पन्न गरिएको छ l स्वास्थ्य
चौकी मा मिति २०७९ साउन ४ गते खोप लगाईएकोमा उक्त स्वास्थ्य चौकी भवन गाउँ बस्तीबाट
अलि कोल्टे तथा टाढा परेकोले खोप केन्द्र सम्म उपस्थित हुन् नसक्ने आम नागरिकको
निमित्त कोभिड १९ को महामारी रोग लाई मध्यनजर गर्दै त्यस बाट बच्न तथा रोगप्रतिरोधात्मक
क्षेमता बढाउने भएको कारण आफ्नो वडा भित्र बस्ने नागरिक हरु कोहि पनि बन्चित नहोस
भन्दै शैलुङ गाउँपालिका ५ नं वडा कार्यालय र उक्त वडामा रहेको स्वास्थ्य चौकीको
सहकार्यमा वडा कार्यालयमा र घरमा पुगेर खोप लगाउने कार्य गरिएको हो l खोप कार्यमा
अनमी चण्डिका न्यौपाने तथा वडा अध्यक्ष खटिनु भएको थियो भने उक्त कार्यक्रम मार्फत
२० जना लाभग्राही हरुले खोप लगाउनु भएको छ l
No comments:
Post a Comment