 |
| जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्नुहुदै अहेब चण्डिका न्यौपाने |
२०७९ साल
साउन १७ गते
शैलुङ
गाउँपालिका ५ नं वडा कार्यालय मा आर्थिक बर्ष २०७८/०७९ सालको चौथो त्रैमासिक
सामाजिक सुरक्षा भत्ता मेगा बैक बाघखोर शाखा को प्रतिनिधि तथा ईलाका प्रहरी
कार्यालय लाम्चेआहाल को प्रतिनिधि सहित को उपस्थित मा वितरण कार्य सम्पन्न गरिएको
छ l भत्ता बितरण मा मेगा बैक को तर्फ बाट म्यानेजर मनीषा श्रेष्ठ तमाङ तथा
इन्चार्ज किरण चौलागाई, पूर्ण बहादुर खड्का तथा सायारानी श्रेष्ठ को उपस्थिति थियो
भने प्रहरी कार्यालय मार्फत कार्यालय प्रमुख तेज बहादुर खरेल सहित को उपस्थिति
थियो l
भत्ता
वितरण कार्यमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुहुने लाभाग्राहिको हरुको बाक्लो
उपस्थिति र अहिले देश ब्यापी फैलदै गई रहेको कोभिड १९ लाई मध्यनजर गरी सेनिटाईजर र
अनिबार्य माक्स को ब्याबस्था गरिएको थियो l बिहान १०:३० देखि सुरुवात भएको
कार्यक्रम मा बालबालिका को भत्ता बाहेक कार्यालयमा आउनुहुने १५२ जना लाभग्राही
हरुलाई भत्ता सहित बैक चेक वितरण गरिएको थियो l
कार्यक्रम
मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नु हुने व्यक्तिहरुको सामान्य स्वास्थ्य
परिक्षण समेत गरिएको थियो l वडा भित्रका जेष्ठ बृद् नागरिक तथा असहाय व्यक्तिहरु
भौगोलिक बिकटता एवं विभिन्न कारणले काटाकुटी स्वास्थ्य चौकी सम्म पुगेर सामान्य
स्वास्थ्य परिक्षण गर्न नसक्ने अबस्थामा वडा भित्र सामाजिक सुरक्षा भत्ता लिन आउदा
आफ्नो स्वास्थ्य परिक्षण समेत गरेर डाक्टर को राय सल्लाह सुझाब पाउदा धेरै खुसि
लागेको बताउदै बृख बहादुर कार्की ले वडाका जनप्रतिनिधि हरुलाई धन्यबाद दिनुभयो l
साथै काटाकुटी स्वास्थ्य चौकी द्वार सबै नागरिक हरुमा स्वास्थ्यको पहुच पुगोस भनेर
मासिक २ ठाउमा गाउघर क्लिनिक संचालन गर्दै आएको मा अझ बृद् बृदा हरुको निमित्त
गरिएको यस्तो स्वास्थ्य परिक्षण कार्यक्रम ले हामि स्वास्थ्य कर्मीलाई सहित उत्साहित
बनाएको भन्दै अहेब चण्डिका न्यौपाने ले खुसि र आनन्दित तुल्याएको बताउनु भयो l कार्यक्रम
लाई ब्याबस्थित भब्य र सभ्य बनाउनको निमित्त वडाका सम्पूर्ण जनप्रतिनिधितथा
कर्मचारी हरु मिहिन ढंगले खट्नु भएको
थियो भने उपस्थित सबैलाई खाजाको प्रबन्ध गरिएको थियो l
स्वास्थ्य
परिक्षण कार्यक्रम मा प्रेशर, सुगर तथा तौल सहित प्राथमिक तहको सेवा दिईएको थियो l
उक्त कार्यक्रम मा काटाकुटी स्वास्थ्य चौकी को तर्फ बाट अहेब त्रीपुरेश यादब तथा
चण्डिका न्यौपाने सहित कार्यालय सहयोगी रस्मिता कार्कीको उपस्थिति थियो भने
सम्पूर्ण माक्स तथा औषधि र स्वास्थ्य कर्मिको ब्याबस्थापन काटाकुटी स्वास्थ्य चौकी
द्वार गरिएको थियो l कार्यक्रम मा १०७ जना
व्यक्तिहरुले स्वास्थ्य सग सम्बन्धित बिभिन्न सेवा अन्तर्गत परामर्श र औषधि लिनु भएको थियो l परिक्षणको क्रममा धेरैमा प्रेशर तथा दमरोग
रहेको देखिएको छ भने केहि व्यक्तिहरुमा ग्यास्टिक रहेको पाईएको छ l
 |
| सामाजिक सुरक्षा वितरण तथा स्वास्थ्य परिक्षण गरिदै |
 |
| जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्नु हुदै अहेब त्रीपुरेश यादब |
 |
| स्वास्थ्य मापदण्ड को जानकारी सहित तथा सेनिटाईजर स्प्रे गरिदै |
 |
| स्वास्थ्य मापदण्डको बारेमा जानकारी दिदै |
No comments:
Post a Comment